प्रेम किन हुन्छ?

बुटवल । मानिस मात्र नभएर जनावरले पनि आफु निकटकासँग प्रेम गर्ने गर्दछ । यसरी नजिककासँग स्नेह बढाउने काम स्तनधारी जीवमा हुने एउटा हार्मोनले गर्छ ।

माया, प्रेम र स्नेह जगाउने हार्मोनको नाम आक्सीटोसिन हो । यही हार्मोनले गर्दा प्रेम र स्नेहको महसुस हुने गर्छ । साथीभाई बीच मेलमिलापका लागि पनि यही हारमोनले प्रेरित गर्छ । दुईबीच विश्वासको वातावरण बनाउने पनि यही हार्मोन हो ।

यो हार्मोनले आमा र बच्चा बीचमा पनि बलियो माया स्थापित गर्छ । त्यसैले यसलाई प्रेम हार्मोन पनि भनिन्छ । स्तनधारी जनवरमा पनि यसको गजब लक्षण देखिन्छ ।

मान्छे नजिक आउँदा कुकुरमा यो हार्मोन बढ्छ । त्यसैले गर्दा मान्छे र कुकुर बीच निकटता बढाउँछ । अनुसन्धानले बिरालोमा भन्दा पाँच गुणा बढी यो हार्मोन कुकुरमा उत्पादन हुने देखाएको छ ।

अन्य स्तनधारी जनावरमा पनि यो हार्मोनले प्रेम बढाउने गरेको अनुसन्धानबाट देखिएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस