कपाललाई घामबाट कसरी बचाउने ?

बुटवल । कपालले मान्छेको सुन्दरतालाई बढाउने काम गर्छ । अब गर्मी समय सुरु भएको छ । त्यसकारण आज हामि यहाँ गर्मीमा कपाललाई घामबाट  बचाउने केहि टिप्स चर्चा गरेका छौं  ।

कपाल धोएपछि कन्डिसनरको उपयोग गर्नुस । यसो गर्दा घामको किरण सीधै कपालमा पुग्न पाउँदैन ।

दही पनि प्राकृतिक कन्डिसनर हो । यसको प्रयोगले कपाल मुलायम बन्नुका साथै जराका फोहोर पनि सफा गर्छ । त्यसैले हप्तामा तीनपटक कपालमा दही लगाई १५ मिनेटसम्म रहन दिनुस ।

दही र अन्डाको सेतो भाग मिलाएर पनि कपालमा लगाउन सक्नुहुन्छ । यसो गर्दा कपाल मुलायम र चमकदार बन्छ ।

घाममा बढी हिँड्नुपर्ने काम छ भने हप्तामा एकपटक कपालको स्पा गर्नुस । पार्लर या घरमै बसेर पनि स्पा गर्न सक्नुहुन्छ ।

कपाल धोएपछि सुकाउनका लागि हेयरड्रायरको प्रयोग कहिल्यै नगर्नुस । यसो गर्दा कपालमा हानि पुग्छ ।

प्रत्येक दुई महिनामा कपाल काट्ने गर्नुस । यसो गर्दा नयाँ र ताजा कपाल आउने गर्छ । ग्रोथका लागि कटिङ आवश्यक हुन्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस