नेपाल रेडक्रस बेलहियाले गर्यो रक्तदान

बुटवल । नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको आयोजनामा ‘खुल्ला रक्तदान कार्यक्रम’  हिजो (शनिबार) सिद्धार्थनगर वडा नं.१ बेलहियामा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अध्यक्ष सुशील गुरुङ्गको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता पुर्व सांसद तथा समाजसेवी इस्तियाक अहमद खाँले गरेका थिए ।

कार्यक्रममा नेपाल भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी वेलहियाका सल्लाहाकार डा.शान्त कुमार शर्मा, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सदस्य रामचन्द्र उपाध्याय, सि.न.न.पा. वडा नं १ का वडा अध्यक्ष रमेश मल्ल, वेलहिया गाउँ समाजका अध्यक्ष मोहनसिंह शाही, सिद्धार्थ जेसीजका अध्यक्ष राकेश गुरुङ्ग, विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर कुँवर, वेलहिया मावि व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्री, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत, गृहलक्ष्मी समुहका अध्यक्ष देवि न्यौपाने, दिदी बहिनी समुहका अध्यक्ष मनु गुरुङ्ग, जनप्रतिनिधि मिन बहादुर गुरुङ्ग, समाजसेवी याम बहादुर थापा, सुमन शर्मा, रक्त सञ्चार केन्द्र भैरहवाका पदम बस्याल आदिले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भुमिकाको बारेमा आफ्नो धारणा राखेका थिए ।

रक्तदान कार्यक्रम मार्फत कुल ३४ प्वाइण्ट रगत संकलन गरिएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस