यी हुन, हरियो खुर्सानीका फाइदा

बुटवल । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ । त्यसकारण आज हामी रियो खुर्सानीका फाइदाकाबारे केहि चर्चा गरेका छौं  ।

यी हुन, हरियो खुर्सानीका फाइदा

हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टले अक्सिडेसनलाई कम गर्छ । जसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ ।

प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तत्व अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुर्याउने गर्छ । हरियो खुर्सानी खाँदा यसले रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ ।

हरियो खुसार्नीमा पाइने पोटासियम, फ्लोभोनोइड्स र भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रूपमा खुर्सानी खानुपर्छ ।

आवश्यक मात्रामा हरियो खुसार्नी खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ ।

हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ । खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पु(याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।

हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसले विभिन्न रोगको संक्रमणबाट बचाउँछ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस