यी हुन, गर्मीमा छाला स्वस्थ राख्ने खानेकुरा

बुटवल । गर्मी महिना शुरु भएको छ । गर्मी बढेसँगै तपाईंलाई आफ्नो स्वास्थ्यको मात्र नभएर अनुहारको चिन्ताले पनि सताउन थाल्छ । यदि छाला सफाइ गरेपछि अलि कडा हुन्छ भने छाला क्लिनर सही छैन भन्ने बुझ्नुपर्छ। त्यसकारण गर्मी मौसममा खानुहोस् यी खानेकुरा जसले छाला स्वस्थ रहन्छ ।

यी हुन, गर्मीमा छाला स्वस्थ राख्ने खानेकुरा

अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ। अण्डाको सेतो भागमा प्रोटिन तथा एल्ब्युमिन पाइन्छ। त्यसकारण अण्डा सेवन गरे छालामा दाग तथा धब्बा आउन दिँदैन। अण्डाको सेतो भागमा पाइने भिटामिन र मिनरलले छालालाई स्वस्थ राख्न मद्दत पुर्याउँछ।

गाँजर सेवनबाट पेटको समस्या हटाउँछ। यसका साथै रगतको सफाइ पनि गर्छ। गाँजरमा भरपूर मात्रामा भिटामिन ए पाइन्छ। यसले छालामा निखार ल्याउन मद्दत पुर्याउँछ।

बदाममा प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ। यसको नियमित सेवनले छाला स्वस्थ राख्न मद्दत पुर्याउँछ। यस्तै, स्मरण शक्ति राम्रो बनाउन पनि यो रामवाण नै मानिन्छ।

 फर्सीको बिजमा भिटामिन ए, भिटामिन सी र जिंक पाइन्छ। यसले छाला स्वस्थ राख्न मद्दत गर्छ।

पुदिनामा भिटामिन ‘ए’को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ ।

गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूर्याउँछ ।

गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस