नेपाल स्वयंसेवी रक्तदाता समाजद्धारा रक्तदान

बुटवल । आज (शनिबार) नेपाल स्वयंसेवी रक्तदाता समाजले बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।

बुटवलमा नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको समाजले आज ७३ औं नियमित रक्तदान कार्यक्रम सक्त सञ्चार केन्द्र बुटवलको भवनमा गरेको हो ।

बुटवल खेलकुद मञ्च र लियो क्लव अफ बुटवल सिद्धबाबाको सहआयोजनामा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन ।

समाजका केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष कृष्ण चौहानले अधिकांश पहिलो पटक रक्तदान गर्ने युवाहरु आजको कार्यक्रममा रहेको जानकारी दिए।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस