यी हुन, डरलाग्दा सपना देखिनुका कारण

बुटवल । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिन्छ । सपनामा देखिएका घटनाले डराउने, आत्तिने र कतिपय अवस्थामा उठेर हिँड्नेजस्ता गतिविधिसमेत देखिन्छ । आज हामि डरलाग्दा सपना देखिनुका कारण बारे केहि चर्चा गरेका छौं ।

यी हुन, डरलाग्दा सपना देखिनुका कारण

अनिद्रा तथा निद्राको गडबडीका कारण डरलाग्दा सपना देखिने गर्छ ।

कमजोर मनोविज्ञान भएका मानिसले डरलाग्दा सपना बढी देख्ने गर्छन् । दिनभर घट्ने घटना, परिवेश र वातावरणले उनीहरूलाई असर पारेको हुन्छ ।

जीवनमा घटेका डरलाग्दा घटनाका कारण तथा लगातार तनाव भएमा ।

नसालु पदार्थ सेवन गर्ने मानिसमा समेत यस्तो समस्या देखिन्छ ।

बालबालिका र किशोरकिशोरीमा पनि यस्तो समस्या बढी देखिन्छ । बढ्दो उमेरमा हुने मानसिक परिवर्तन र कमजोर मनोविज्ञानका कारण उनीहरूमा यो समस्या हुन्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस