यी हुन, रिस शान्त पार्ने उपाय

बुटवल ।  झै–झगडा, द्वन्द्व, कलह, आक्रमण, हत्याजस्ता गम्भीर समस्या प्राय रिसकै कारणले हुन्छन । रिसलाई नियन्त्रण गर्न नसकेमा मानिस जे पनि गर्न उद्यत हुन्छ । त्यसकारण आज हामी यहाँ रिस शान्त पार्ने उपाय चर्चा गरेका छौं ।

यी हुन, रिस शान्त पार्ने उपाय

रिस शान्त गर्न १० देखि उल्टो संख्याहरू गन्नुहोस । यदि, धेरै रिस उठेको छ भने १०० बाट सुरु गर्न सकिन्छ । यसले धड्कनको गतिलाई ढिलो गर्छ, जसबाट स्वतः रिस नियन्त्रण हुन्छ ।

लामो र गहिरो सास लिनुहोस । जति छिटो सास फेर्यो त्यति नै मात्रामा रिस बढ्ने भएकाले यसो गर्दा शान्त बन्न सहज हुन्छ ।

यताउति हिँड्नुहोस । एक्सरसाइजले मांसपेशीमा चाल उत्पन्न हुन्छ, जसले गर्दा बिस्तारै रिस कम हुँदै जान्छ ।

आफूलाई मनपर्ने कुनै मन्त्र उच्चारण गर्नुहोस । यसले दिमाग एकत्रित हुन सघाउँछ र, बिस्तारै रिसलाई दबाउन सकिन्छ  ।

गर्दन तथा घाँटीको एक्सरसाइज गर्नुहोस, जसले योगको काम गर्छ । जुन भावनालाई नियन्त्रण गर्ने सजिलो उपाय हो ।

शान्त ठाँउमा गएर बस्नुहोस । आँखा बन्द गरेर मनपर्ने दृश्यहरू कल्पना गर्नुहोस । सुरुमै भावना नियन्त्रण गर्न नसकिए पनि एक छिन आराम गरेर कल्पना गर्न सकिन्छ । यसले पूर्ण रूपमा रिसबाट टाढा राख्दछ ।

रिस कम गर्न संगीत सुन्न सकिन्छ । त्यस्तै, कतै शान्त ठाउँमा घुम्न निस्कनुस । तर, जोखिमयुक्त ठाउँमा भने जानुहुँदैन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस