करिव १५ थरिका बाजा बजाउने कला भएका रामपुरका टिकाराम

रामपुर । पाल्पाको रामपुरमा भएका टिकाराम ढकालसँग धेरै थरिका बाजा बजाउने कला छ ,तर ओझेलमा हुनुहुन्छ ।

गितमा संगित भर्ने धेरै थरिका बाजाको संग्रह नै बनाउनुभएका ढकाल उमेरले ५८ वर्ष पुगेपनि बाजा बजाउनका निम्ति नयाँ नयाँ थरिका बाजा बजाउने सिप सिक्ने रहर पनि मरेको छैन् ।

स्याङ्जाको चापाकोट नगरपालिका साँखरबाट केहि वर्ष पहिले बसाई सरेर रामपुर नगरपालिका वडानम्बर ६ प्याक्लुकमा बस्दै आउनुभएका ढकालले हार्वोनियम, बुरली, मोहलीबाजा, मादल, सहनाई,सारङ्गी, अक्टुप्याड,लगाएतका थुप्रै बाजा बजाउने कला भएपनिे सिप अनुसारको पहिचान हुन नसकेको गुनासो गर्नुभयो ।

उमेरले करिव १३ वर्षदेखि गाई चराउन जादाँ पात तथा मुरली बजाएर सिकेको संगित अहिले करिव पन्ध्रथरिका बाजा बजाउनुहुन्छ । घरको कोठाभरि बाजाले भर्नुभएका ढकालले कुनै सिपको तालिम नलिइकन नै आफैंले सिकेको बताउनुभयो ।

सानैदेखि गितसंगितमा इच्छा भएको बताउने ढकालले अहिलेका लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी तथा लोक गायक भगवान भण्डारीलाई चर्चित लोक गायक बनाउन आफ्नै पहल रहेको बताउनुभयो ।

आफैंले अघि सारेका धेरै कलाकार बनें, उहाँले भन्नुभयो, “म गाउँमै बाजा बजाएर बसेको छु, तर गर्व छ, नेपाली लोकदोहोरी गितमा कमै बज्ने मोहली बाजा समेत म सँग छ र मैले बजाउछु, अनि संरक्षण गर्छु ।”

नेपाली लोकगितमा हराउदै लोपउन्मुख मोहली बाजा अहिले थोरै मात्र गितमा बजेको पाइन्छ ।

गाउँघरमा जातिय हिसावले गन्र्धवले बजाउने सारङगी तथा दमाईहरुको बाजाको रुपमा पहिचान जमाएको सहनाई लगाएतका ट्याम्पु ढोलक समेत बजाउने उहाँले बताउनुभयो । र भन्नुभयो, जो सँग सिर्जना छ उसले प्रस्तुती दिने हो ।

जातभातको कुरा गर्नुहुदैन । “ अहिलेसम्म कुनै सप्ताह तथा महासज्ञमा जातिय विभेदका कारण नै नलगिएको सारङगी र सहनाई मैले नै भित्र्याएको छु ।”
स्थानिय स्तरमा भजनकृर्तन तथा यज्ञ सप्ताह तथा पुजा आरधनामा संगित भर्ने ढकालले बाद्यवाद्यनकै माध्यमबाट आफुले जातिय विभेद समेत तोडेको दावि गर्नुभयो ।

रामपुर भजनकृर्तन मण्डलीको अध्यक्ष समेत रहनुभएका ढकालले व्यवसायिक रुपमा आफू चर्चामा आउन नसकेपनि अव भने आफूले स्थानिय इच्छुक नागरिकलाई बाद्यबाद्यनको सिप हस्तान्तरण गर्ने सोचमा रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाको सहयोगमा संस्थाको भवन निर्माण पछि बाद्यबाद्यन सिप सिकाएर धेरै संगितकर्मि बनाउने उहाँको सोच छ । आफूसँग सिप छ, सिप नै ठूलो कुरा हो, ओझेलमा भए भन्ने खासै पिर छैन् उहाँले भन्नुभयो ।
फोटो पनि ।

सिर्जना घिमिरे

घिमिरे पाल्पा संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस