‘तीन फुर्के डोरीले’ फेरी चर्चामा चन्द

बुटवल । नेपालको सांगेतिक क्षेत्रमा उदाएर आफुलाई देश विदेश सम्म चर्चा कमाउन सफल भएका गुल्मेली गायक रामचन्द्र चन्दले हालै बजारमा ल्याएको ‘तीन फुर्के डोरी’ बोलको गीत बाट फेरी एक पटक चर्चा कमाउन सफल हुनुभएको छ।

गायक चन्द र गायिका समिक्षा बिसीको स्वरमा सजिएको उक्त गीत युट्युमा राखिएको केहि समय मै राम्रो भ्युवर पाउन सफल भएको छ ।

चर्चित शब्द संकलक हुम गैरेको लय तथा शब्द रहेको उक्त म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन । जसमा नायिका अनु शाह र शंकर बिसीको  नृत्यले दर्शकको ध्यान खिचेको छ ।

शैली क्रियशन युट्युभ च्यानल मार्फत बाहिर ल्याईएको उक्त म्युजिक भिडियो गायक चन्दले सञ्चालन गरेको युट्युभ च्यानलले चार दिन मै विगत भन्दा झण्डै दोब्बर सुव्क्राईभ्स बढाएको गायक चन्द बताउँछन ।

माया प्रेममा आधारित सरल शब्द र मौलिक लयमा रहेको नेपाली लोक सांगेतिक क्षेत्रमा अहिलेको ट्रेनलाई पछ्याएको दावी गर्दै यस गीतले सबैको मन जित्न सफल हुने कुरामा बिश्वस्त छन् , सर्जक हुम गैरे ।

मौलिक गीत संगितमा दर्शक श्रोताको मन जित्न सफल हुँदै आएका गुल्मी अग्लुङ्गका गायक चन्दले यस अघि ‘माया साह्रै छ, चरी रुखमा , अब देखि एक्लै हुम्ला म, फुल फुल्यो जस्ता कैयौ गितहरु बजारमा ल्याएर दशंक श्रोताको मन जित्न सफल हुनुभएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस