प्रकाश सपुतले ब्याटल दोहरी पनि चोरेको फेला पर्यो

बुटवल । नेपाली लोक दोहरी क्षेत्रमा चर्चाको शिखरमा पुगेका चर्चित गायक तथा मोडल प्रकाश सपुतले अर्को पुरानो गीत पनि चोरी गरेको फेला परेको छ ।

सार्वाधिक चर्चा पाएको ‘गलबन्दी’ बोलको गीत सम्भु राईको पुरानो गीतको लय चोरी गरेको विरुद्ध गायक राईले उजुरी दिई सकेका छन ।

यहि बेला प्रकाश सपुतले गाएको अर्को ब्याटल लोक दोहरीको लय पनि नारायण गोपालले गाएको–‘बैनीको दया छ भने रोधी घर दाई नाच्यो नभने ’ बोलको गीतको लय संग ठ्याक्कै मिल्दो छ ।

बुटवलबाट सञ्चालित यात्रा अनलाईनले ती दुई वटा गीतको लय दाँजेर राखेको सुनेपछि श्रोताले गायक सपुत पुराना गीत चोर्न खप्पीस रहेछन भन्ने प्रतिकृया दिएका छन ।

प्रेम सुनार

सुनार अतिथि सम्पादक हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस