कविता प्रतियोगिता सम्पन्न

भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवाको आयोजना तथा सिद्धार्थ साहित्य परिषद्को संयोजनमा ‘प्रजातन्त्र विषयक,  खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न भएको हो ।

१६ जना प्रतियोगी रहेको कार्यक्रममा भिम भण्डारी प्रथम, लता प्रधान द्वितीय, हिरालाल धामी तृतीय र भरत पोख्रेल सान्त्वना हुन सफल भएका छन् । विजयी हुनेहरुलाई क्रमशः रू १० हजार, रू ७ हजार, रू ५ हजार र रू २ हजार नगदले पुरस्कृत गरिएको थियोे ।

प्रतियोगितामा सान्त्वना भएका साहित्यकार भरत पोख्रेल र तृतिय भएका हिरालाल धामीले प्राप्त गरेको नगद पुरस्कार सिद्दार्थ साहित्य परिषद र सिर्जनशिल साहित्य समाज भैरहवालाई सहयोग गरेका छन।

निमित्त प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेको अध्यक्षता तथा सिद्धार्थ नगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सिद्धार्थ साहित्य परिषद्का सचिव लक्ष्मीप्रसाद अधिकारीले गर्नुभएको थियोे ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस