विजयनगरमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

अजय मिश्र

कपिलवस्तु । कपिलवस्तुको सुन्दर एव समृद्ध विजयनगर गाउँपालिकाका लागि बृहत संस्कृतिक कार्यक्रम यही फाल्गुन १० गते वडा नं.६ प्रेमनगर हरिबोध प्राविमा हुने छ। साथै विजयनगर साप्ताहिक क्लिनिक र विजयनगर एफ.एमको उद्घाटन कार्यक्रम रहेको आयोजक ले जानकारी गराएको छ ।

कवि सम्मेलन एंव मुशायरा कार्यक्रम भारत तथा नेपालका कविहरुको सम्मेलन हुने जस्मा अनायिका अम्बर जैन,सबिना अदिल,अना देहलवी,जौहर कानपुरी,रमेश बसुरी,डा.अनिल चौबे,जाहिद आजाद,सौरभ जैन उद्घोषक रहने अयोजक समितीले जनाएको छ।

कविहरुले कविताका माध्यमद्धारा समाज र देशमा भएको विभिन्न विकृती,विसङ्गती र भ्रष्टचारलाई न्यनिुकरण गर्न कविताका रचनाबाट जनता सचेत हुने विश्वासका साथ गाउँपालिकाले कवि सम्मेलन गर्न लागेको थापाले बताउनु भयो ।

उक्त कार्यक्रममा कविहरुले आफ्नो विभिन्न किसिमका रचनात्मक गद्य र पद्य भाकाका कविताहरु वाचन गरी प्रस्तुत गर्ने छन् । आफ्ना रचनाहरु प्रस्तुत गर्न चाहनेले हरेक ब्यक्तिलाइ समेत कार्यक्रममा सहभागी गराइने छ । विजयनगर गाउँपालिकाको आयोजनामा हुन लागेको कवि सम्मेलनको तयारी र ब्यवस्थापनको कार्य तिब्र रुपले भइरहेको अध्यक्ष गोपाल बहादुर थापाले जानकारी गर्नु भयो।

उक्त कार्यक्रमको प्रमखु अतिथि पूर्व प्रधानमंत्री पुष्प कमल दहाल९प्रचण्ड० विशिष्ट अतिथी नेपालका लागि भारतीय राजदूत मञ्जीत सिंह पूरी,मान्निय पूर्वमंत्री हृदेश त्रिपाठी,भारत उत्तर प्रदेश का प्रगतिशील समाजवादी पार्टी को मान्निय अध्यक्ष शिवपाल यादव,पूर्व मंत्री इश्वरदयाल मिश्रा लगायत अन्य प्रभावशाली नेताहरु आउने अयोजक समिती ले जनाएको छ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस