साहित्य संगमको २९० औं शृंखला सम्पन्न

कञ्चन ।  साहित्य संगम बुटवलको नियमित शृंखलामा कबियित्री सुमन थापाद्वारा लिखित कविता संग्रह “माइतीघरको फुल” को परिचर्चा सहित २९० औं मासिक श्रृंखला सम्पन्न भएको छ ।

तीन छोरीले आफ्नी आमा सुमनको जन्मदिनको अवसर पारेर आमाले फेसबुकमा राखेका कविताहरुलाई एकीकृत गरी छापेर आफ्नी आमालाई उपहार स्वरुप कवितासंग्रह दिएका कबिता संग्रह माथी विभिन्न समिक्षकहरुले समिक्षात्मक टिप्पणी गरेका छन।

कबिता संग्रह ‘माइतिघरको फुल’ माथि चर्चा गर्दै समीक्षकहरु भने कविताले वर्तमान समाजमा नारी माथिको उत्पीडन र त्यसको अवस्थाबारे चित्रण गरिएको र समकालीन कविताको क्षेत्रमा यसले महत्वपूर्ण बिषय उठाएको बताएका छन ।

समीक्षक तथा युवा कवि गिरि श्रीस मगरले संग्रह माथि समीक्षा गर्दै सुमनका कवितामा नारी आवाज घन्किएको,सामाजिक विसंगतिका सन्दर्भमा बुलन्द रहेको अनि कविताले वर्तमान समयको चेत समाउन सकेको बताएका थिए। त्यस्तै कबि रमेश समर्थनले सुमनका कविताहरुमा क्रान्तिका झिल्का देखाउदै देशमा राष्ट्रियतामाथि धावा बोलिएको बेला सुमनका कविताहरु आगोको रुपमा दन्किएको बताएका थिए भने सांस्कृतिकर्मी राजेन्द्रकुमार आचार्यले कवितासंग्रहको भाषिक विषयमा आफ्नो समिक्षात्मक टिप्पणी गरेका थिए।

यसै गरि सरिता श्रीस मगरले साहित्यिक रंगमञ्चहरुमा महिला स्रस्टाहरु देखा पर्दै आइरहेको र उनिहरुको सृजनामा महिला उत्पिडन मात्रै नभै परिबर्तनका लागि क्रान्तीको उभार बोक्नु पर्ने आवस्यकता सहितको सृजना आइरहेको बताइन।

पाठकको तर्फबाट धन कुमारी अर्यालले पाठकका आँखामा माइतीघरको फूललाई जीवन दर्शनका रुपमा ग्रहण गर्दै महिला स्रस्टाहरुमा उत्साह थप्ने बिश्वास ब्यक्त गरिन । कार्यक्रममा प्रकाशक तथा कवि सुमन थापाकी बहिनी करुणा थापाले ‘दिदीलाई थाहै नदिई छापिएको पुस्तकको नाम आफ्ना दाइले राखिदिएको भन्दै उहाँले फेसबुकमा स्टाटसको रुपमा कबिता राख्ने गर्नु हुन्थ्यो त्यै स्टाटसहरुलाइ ब्यबस्थित गरेर प्रकाशन गरेको हो आखिर यो कबिता संग्रह बनेछ’ भनिन् ।

त्यसैगरि साहित्य संगमको नियमित श्रृंखलामा २२ जना स्रष्टाहरुले आफ्नो सिर्जना बाचन गरेका थिए भने सो बाचित सृजनाहरुको कवि खोमा तरामु मगरले समीक्षा गरेका थिए। संगममा कबिहरु गुरुप्रसाद बुललुल, हृदय लेकाली, मीन बहादुर राना, दीपक ज्ञवाली, देवेन्द्र घिमिरे, दल बहादुर गुरुङ, चिरन्जीवी गौतम, प्रशुराम ढकाल, ध्रुवराज मिराज, इश्वरी ढकाल, ऋषि सापकोटा, सञ्जय घिमिरे, दीप पाण्डे, रोहन पृथक, रमेश समर्थन, आकाश थापा, पुरुषोत्तम पाण्डे, गणेश खनाल, विजय पोखरेल, प्रकाश बर्मा, यज्ञलाल सुवेदी, कमल पौडेल, अनिल आचार्य लगायतले गित,कबिता,लघु कथा,गजलहरु बाचन गरेका थिए ।

कृष्ण गाउँलेको संचालन, प्रदेश सांसद रमा घर्तीको प्रमुख आतिथ्यता र पुनाराम गिरिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कबिता संग्रह ‘माइतिघरको फुल’का लेखक सुमन थापा, नेपाल पत्रकार महासंघ,रुपन्देहीका पुर्व अध्यक्ष दीपक ज्ञवाली, स्थानीय पत्रकार नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङले समेत बुटवल साहित्य संगम र उसले खेलेको भुमिकाबारे स्मराणात्मक धारणा राखेका थिए।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस