गुणस्तर र प्राबिधिक शिक्षा दिन सके सैनामैना शैक्षिक हब बन्न सक्ने

सैनामैना । सैनामैनाका विद्यार्थीहरुलाई स्थानिय क्षेत्रकै विद्यालयमा अध्ययपन गराउन सके मात्र सैनामैनाको शैक्षिक क्षेत्रको सुधार हुने कुरा सैनामैनाका शैक्षिक संस्थाका प्रचार्यहरुले बताएका छन् । सो बिचार शहिद नारायण पोख्रेल रामापुर क्याम्पसको अयोजनामा  सैनामैनामा उच्च शिक्षाको अवसर र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा ब्यक्त गरिएको हो।

कार्यक्रममा बोल्ने बक्ताहरुले सैनामैनाका बालबालिकाहरुलाई विद्यालय स्तरदेखि उच्च तहसम्मको शिक्षा स्थानिय क्षेत्रकै विद्यालयहरुबाट दिलाउनु पर्नेमा कुरामा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा वडा नं.३ का वडा अध्यक्ष रत्न बहादुर पौडेलले सैनामैनाको उत्कृष्ट शिक्षालाई सबै मिलि आ–आफ्नो ठाउँबाट सहकार्य गरि अबका दिनमा विश्वबजारमा बिक्ने शिक्षालाई यस क्षेत्रमा अध्यपन गराउनु पर्नेमा जोड दिएका छन।

विश्वमा प्रविधिक शिक्षाले फड्को मारेको अवस्थामा सैनामैनामा पनि कम्प्युटर तथा आइसिटि सम्बन्धि शिक्षामा जोड दिने हो भने यस क्षेत्रबाट उत्पादन हुने सीपयुक्त दक्ष जनशक्ति भविष्यमा विश्वबजारमा सजिलै बिक्न सक्ने गरि प्रयोगत्मक शिक्षामा जोड दिए।

साथै सैनामैनाको शैक्षिक मोडल कस्तो बनाउने भन्ने बारे लामो समयसम्म शैक्षिक क्षेत्रमा जीवन बिताउदै आएका शिक्षाप्रेमी र सरोकारवालाहरुले नगरपालिकालाई सुझाब दिनु पर्नेमा जोड दिएका थिए।

यस्तै प्रभात अवसीय माध्यमिक विद्यालयका प्रचार्य अनन्तराम शर्माले बिहानी सत्रमा बुटवल पढ्न गएका विद्यार्थीहरु स्नातक तह अध्ययन गर्नका लागि नर्फकने कुरा बताउदै गुणस्तरिय शिक्षा दिन सके कुनै पनि समयले बिधार्थीहरुलाई सैनामैनामा अध्यन गर्न नरोक्ने बताएका थिए ।

सुनगाभा पब्लिक माध्यमिक विद्यालयका प्रचार्य तिलब केसीले क्याम्पसहरु भर्नाको समय अक्रमक रुपमा विद्यार्थी भर्ना अभियान चलाएर प्रत्येक विद्यार्थीहरुको घरघरमा गई अभिभावक सँग कुरा गरि उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रावृति वा विशेष छुटको व्यवस्था गरि ती विद्यार्थी सैनामैनामै पढाउने वतावारण मिलाउन सके यस क्षेत्रको नतिजा उत्कृष्ट आउने कुरा दाबी गर्नुभयो ।

यसैगरी दुर्गा भवानी माध्यमिक विद्यालयका प्रचार्य तुल्सिराम शर्माले विद्यार्थीलाई आफ्नोमा अध्ययन नगरे यहाँ पढ्नु भन्दा बुटवल पढ्नु ठिक हुन्छ भन्ने सल्लाह दिने हुदाँ यसै क्षेत्रका क्षमतावन् विद्यार्थीहरु बुटवल जान बाध्य भएका छन् त्यसकारण शिक्षकहरुले विद्यार्थी आफ्ना लागि मात्र नभई नजिकका अन्य विद्यालयहरुमा भएपनि अध्यन गर्न सुझाब दिनु पर्ने बताएका छन ।

सैनामैना माध्यमिक विद्यालयका प्रचार्य नेत्रलाल पुरीले अभिभावकहरुले विद्यार्थी संख्या भन्दा पनि विद्यालयको नतिजा हेर्ने हुदाँ अधिकतम् जि।पि।ए ल्याउने विद्यार्थीलाई बुटवलका विभन्नका क्याम्पसले विद्यार्थीका घरमै गएर खोजी खोजी बुटवल लैजाने गर्दा यस क्षेत्रको नतिजाले फड्को मार्न सकेको छैन ।

सैनामैनामा उच्च शिक्षाको अवसर र चुनौतीको बारेमा शहिद नारायण पोख्रेल रामापुर क्याम्पसका पूर्व क्याम्पस प्रमुख दिनेश पन्थीले प्रस्ट्याउनु भएको कार्यक्रममा शहिद नारायण पोख्रेल रामापुर क्याम्पसका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज ज्ञवालीको अध्यक्षता तथा क्याम्पस प्रशासकीय प्रमुख मदन थापाले संचालन गरेको थिए ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस