कक्षा १२ को परीक्षाफल आज

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज (सोमबार)  प्रकाशित गर्ने भएको छ ।

बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो।

गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार लाख विद्यार्थी सहभागी थिए।

 बोर्डले पहिलोपटक सबै विषयको परीक्षाफल एकैचोटि प्रकाशन गर्न लागेको हो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस