होराईजनका ७ जनाले जिपिए ४ ल्याए बापत पाए गोल्ड मेडल

बुटवल । बिगतदेखि नै उत्कृष्ठ नतिजा ल्याउन सफल न्यू होराईजन माध्यमिक विद्यालय बुटवलले यसपटक पनि एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई गोल्ड मेडलबाट सम्मान गरेको छ ।

एसईई परिक्षामा सर्बोत्कृष्ठ अंकमान ४ जिपिए ल्याएको भन्दै होराईजनले आफ्ना ७ जना विद्यार्थीहरुलाई गोल्ड मेडलबाट सम्मान गरेको हो ।

सर्बोत्कृष्ठ विद्यार्थीहरुलाई रुपन्देहीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दिपेन्द्र ढकाल, विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजु, प्राचार्य लोकनाथ उपाध्याय, सहायक प्राचार्य बासुदेव अर्याल लगाएतले गोल्ड मेडल प्रदान गरि सम्मान गरेका थिए ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख दिपेन्द्र ढकालले बिद्यार्थीहरुलाई एसईईमा उत्कृष्ट ४ जिपिए ल्याएसंगै बिद्यालय र शिक्षकहरुलाई समेत अझ बढि जिम्मेवारी थपिएको बताए । अहिलेको नतिजालाई कायम राख्न सके जीवनमा सफलताको फड्को मार्न सकिने बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्ययाय, उपप्राचार्य बालकृष्ण भण्डारी, न्यू होराईजन जिविएसका प्राचार्य गोपाल आचार्य, कार्यक्रम संयोजक भाष्करराज पाण्डे, अभिभावक संघ प्रदेश नं ५ का अध्यक्ष हेम थापा, जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, जिपिए ४ अंक ल्याउने छात्र अपिल चौधरी, छात्रा रोशना चौधरी लगाएतले नेपालको शैक्षिक क्षेत्रका बिभिन्न आयामहरुको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रम बिद्यालयका शिक्षक एवं साहित्य विभाग प्रमुख हरीप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस