बाँसले बारेको टहरामा पढेका विद्यार्थीले अब भवनमा पढ्न पाउने

रामपुर । बाँसले बारेर बनाइएको टहरामा विद्यार्थीलाई शिक्षा दिने पाल्पा रामपुरको एक विद्यालयका विद्यार्थीले अव भवनमा बसेर पढ्न पाउने भएका छन् ।

रामपुर नगरपालिका वडानम्बर २ खयरबोटको कालीका प्राथमिक विद्यालयमा अव ४ कोठे पक्कि भवन बन्ने भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो ।

जापानिज समाजसेवि काजुमासा काकिमि ओकेवाजेको रु. १० लाख र वडाकार्यालयको रु. एक लाख सहयोगमा बन्ने भवनको शिलन्यास गरिएको विद्यालयले जनाएको छ । २०७२ सालमा गएको महाभुकम्पमा भत्किएको भवन अझैं निर्माण हुन सकेको छैन् ।

“भुकम्पले भवन भत्काएपछि केहि समय विद्यार्थीलाई अहिलेको वडाकार्यालय भवनमा राखेर तथा कहिले खुल्ला चौरमा पढायौ, अहिले भुकम्प प्राधिकरणको सहयोगमा ट्रसबाट दुई वटा भवन निर्माण जारी छ ।

अहिले सम्म बाँसले बारेको कोठामै पढाएका छौ ” प्रधानअध्यापक बाबुराम घिमिरेले भन्नुभयो । प्रधानअध्यापक घिमिरेका अनुसार प्राधिकरणको सहयोगमा कक्षा ३ र ४ निर्माणकार्य सकिएको छैन् ।
उहाँले भन्नुभयो , अहिलेको वडाकार्यालयमा विद्यालयको अफिसका समान राखेर टहरामा पढाई हुदै आएकोमा भवन बन्ने भएपछि स्थानिय अभिभावक खुसी भएका छन् ।

हावाहुरीसँगै पानी आउदाँ कक्षामा पस्छ, विद्यार्थीलाई सहज रुपमा शिक्षा लिन समस्या छ, स्थानियले बताएका छन् । कक्षा नर्सरीदेखि ४ सम्म पढाई हुने विद्यालयमा अहिले ५२ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

समितीका अध्यक्ष थापाले भवनको शिलन्यास भएपछि विद्यार्थी खुसी भएका छन् । बर्षातको समय शुरु भयो, यो वर्खा कसरी काट्ने हो , पानी चुहिने र कक्षामा पानी पस्ने डर छ । यसका कारण विद्यार्थीको पढाईमा समेत समस्या छ ।

सिर्जना घिमिरे

घिमिरे पाल्पा संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस