प्युठानका सबै स्थानिय तहमा ‘प्राविधिक शिक्षा’

प्यूठान । प्युठानका २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटै स्थानीय तहहरुमा प्राविधीक शिक्षा सञ्चालन गरिएको छ ।
बढ्दो बेरोजगारीलाई कम गर्न तथा प्राबिधीक शिक्षा पढ्न बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न जिल्लाका सबै स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन गरेको विद्यालयहरु बताउछन् ।

प्युठानमा प्राविधिक शिक्षा नहुँदा यहाँका विद्यार्थीलाई समस्या थियो, मोति माध्यामिक विद्यालय बरौलाका प्रधानाध्यापक तिलकराम पाण्डेले भन्नुभयो,–‘प्राविधिक शिक्षाका लागी दाङ, नेपालगञ्ज, बुटवल तथा काठमाण्डौ जान बाध्यता थियो, अहिले हटेको छ ।’ जिल्लाका सामुदायिक बिद्यालयले कृषि बाली बिज्ञान, सिभिल इन्जिनियरीङ्ग, कम्प्यूटर इन्जिनियरीङ्ग बिषयमा अध्यापन गराउने गरेका छन् ।

जिल्लाको सबैभन्दा जेठो बिद्यालय मुक्ति माध्यमिक बिद्यालयले बिगतका बर्षदेखि कक्षा ९–१२ सम्म सिभिल इन्जिनियरीङ्ग विषयको अध्ययापन गराउदै आएको छ । त्यस्तै प्यूठान नगरपालिका भित्र पर्ने क्षेत्रबिकास माबि पूण्यखोला र बाल बिद्या माबि मरन्ठानाले गत बर्षदेखि कृषि बाली बिज्ञान बिषयको अध्ययापन गराउँदै आएका छन् ।

जिल्लामा प्राविधिक धारा अन्तगर्त बिभिन्न बिषयका कक्षा सञ्चालन भएपछि आर्थिक अबस्था कमजोर भएर प्राबिधीक शिक्षा पढ्न नपाएका बिद्यार्थीको चाहना पुरा भएको छ । जिल्लाका सामुदायिक बिद्यालयले प्राविधिक शिक्षा अध्यापन गराउन थालेपछि आर्थिक अबस्था कम भएका विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गर्न थालेका छन् ।

सामुदायिक विद्यालयले प्राविधिक शिक्षाको अध्यापन गराउन थालेपछि विद्यार्र्थीलाई अध्यापनमा सहजता हुने मोति माविका प्रधानाध्यापक तिलकराम पाण्डेले बताउनुभयो । आर्थिक अवस्था कमजोर भई जिल्ला बाहिर पढन जान नसक्ने विद्यार्थीलाई सामुदायिक विद्यालयमा शुरु गरिएको प्राविधिक शिक्षाले टेवा पुर्याउने उहाँले बताउनु भयो ।

घरगाउँकै विद्यालयमा प्राविधिक शिक्षा सहुलियतमा अध्ययन गर्न पाउने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् । दुर्गमका विद्यार्थीले कम लगानीमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउने हुँदा यो शिक्षा समय सान्र्दभिक रुपमा राम्रो रहेको उहाँले बताउनु भयो ।

चालु आर्थिक वर्षको शैक्षिक सत्रबाट ऐरावती गाउँपालिकाको मोती माबि बरौलाले कम्प्यूटर इन्जिनियरीङ्ग, झिमरुक गाउँपालिकाको बाल शिक्षा माबिले सिभिल इन्जिनियरीङ्ग, गौमुखी गाउँपालिकाको गौमुखी मावि ठुलाबेसीले कृषि बाली बिज्ञान, स्वर्गद्वारी नगरपालिकाको उमा महेश्वरी माबि सारीले बाली बिज्ञान, त्यस्तै नौबहिनी गाउँपालिकाको गंगा माविले बाली विज्ञान, मल्लरानी गाउँपालिकाको भानुभक्त माबिले कृषि बाली बिज्ञान र माण्डवी गाउँपालिकाको माण्डवी मावि बाली विज्ञान बिषयको अध्ययापन गराउनका लागी सिटीइभिटीबाट अनुमती लिई प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेको शिक्षा विकास समन्वय एकाइ समिति प्यूठानका प्रमुख शिवराज पण्डितले जानकारी दिनुभयो ।

प्युठानमा प्राविधिक तर्फ शैक्षिक क्षेत्रको विकासले पूर्वपश्चिमका विद्यार्थीहरु समेत अध्ययन गर्न जिल्लामा आउने गरेको पण्डित बताउनुहुन्छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको स्वीकृत कार्यक्रम अन्र्तगत सरकारले एक स्थानिय तह एक प्राविधिक विद्यालयको अवधारणा अघि सारेपछि शैक्षिक सत्र ०७६ बाट प्युठानमा पनि शुरु गरिएको उहाँले बताउनुभयो ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस