दीपमा अभिभावकको लागि अभिमुखिकरण

बुटवल । बुटवल–८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले अभिभावकहरूको लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।

विद्यालयको कक्षा प्लेग्रुप र नर्सरीमा अध्ययनरत विद्यार्थीहरुका करीव १ सय २० जना अभिभावकहरूलाई कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयले तीनवोटा ‘स’लाई अर्थात स्वास्थ्य , संस्कार र शिक्षालाई प्राथमिकता राखेर अगाडी बढेको भन्दै बालबालिकाको चौतर्फी विकासका लागि विद्यालय, अभिभावक र शिक्षकको त्रिकोणात्मक भूमिका हुने बताउनु भयो ।

कार्यक्रममा उत्कृष्ट अभिभावक कला शीर्षकमा प्रशिक्षक दिनेश खड्काले प्रशिक्षण दिनुभएको थियो । प्रयोगात्मक रुपमा गरिएको प्रशिक्षण कार्यक्रममा बालबालिकाहरुलाई कसरी राम्रो बनाउन सकिन्छ र उनीहरुप्रतिको व्यवहार कस्तो हुनुपर्दछ भन्ने लगायतका विषयमा जानकारी गराइएको थियो ।

विद्यालयले गत वर्षदेखि सुरु गरेको असल अभिभावक अभियान यस वर्ष पनि जारी रहने र यस वर्ष दोस्रो तहको तालिम हुने विद्यालयका उपप्राचार्य ज्ञानु थापाले जानकारी दिनुभयो । स्मरण रहोस गत वर्ष विद्यालयले हरेक तहका अभिभावकहरूलाई आधारभूत तालिम दिएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस