प्रधानाध्यापक तथा शिक्षकहरुलाई आई सि टी तालिम

कञ्चन । कञ्चन गाउपलिका,शिक्षायुवा तथा खेलकुद शाखाको आयोजनामा ५ दिने प्रधानाध्यापक तथा शिक्षकहरुलाई नबिनतम प्रबिधि सम्बन्धी आई सि टी सम्बन्धी तालिम हिजो देखि हरैया माध्यमिक बिधालयमा शुरु भएको छ।

हरैया माध्यमिक बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष यम बहादुर क्षेत्रीको अध्यक्षतामा शुरु भएको तालिमको कञ्चन गाउपालिकाका अध्यक्ष तथा गाउ शिक्षा समितिका संयोजक गोकर्ण बहादुर क्षेत्रीले शुभारम्भ गर्नु भएको हो।

तालिमको शुभारम्भ गर्दै क्षेत्रीले आई सि टी तालिमले बिद्यालयका प्रधानाध्यापक तथा बिषय शिक्षकहरुलाई प्रबिधि मैत्री बनाउनमा सहयोग गर्ने बताउनु भएको छ। अव कञ्चनको सबै बिद्यालयहरुलाई प्रबिधि युक्त बिद्यालय बनाउदै लैजाने र त्यसको लागि गाउपालिका र बिद्यायको समन्वयात्मक कार्य गरिने बताउनु भएको छ।
यसैगरी शिक्षा संयोजक तथा वार्ड नं.५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बिद्यालयका हरेक शिक्षकहरु पनि प्रबिधिमैत्री हुन आग्रह गर्दै कितावी ज्ञानमात्र घोकाएर नपुग्ने त्यसका लागि नयाँ नयाँ प्रबिधिको प्रयोग गरी बिश्वमा घट्ने ताजा घटनाहरु समेत अपडेट गराउदै जान सके बिद्यार्थीहरुको ज्ञान र क्षमतामा बृद्धि हुने बताउनु भएको छ ।

शिक्षा अधिकृत रमेश भुषालले कार्यक्रममा प्रशिक्षार्थीहरुलाई स्वागत गर्दै बिधार्थीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा घटने नबिनतम घटनाहरुबाट अपडेट राख्दै प्रतिष्पर्धात्मक क्षमताको अभिबृद्धि गर्न,बिद्यालयका प्रधानाध्यापक,शिक्षक र बिद्यार्थीहरुलाई सूचना र प्रबिधिमैत्री बिद्यालय बनाउन सहयोग पुर्याउन तालिमको आयेजना गरिएको बताउनु भएको छ।

भुषालले भन्नु भयो बिद्यालयका प्रधानाध्यापक र बिषय शिक्षकहरुलाई कम्प्युटर सम्बन्धी आधारभुत ज्ञान ,नभए सम्म प्राबिधिक क्षमता बृद्धि नहुने भन्दै बिद्यालयको शैक्षिक पाठेय योजना,बार्षिक कार्ययोजना,कार्यसम्पादन गर्न र शैक्षिक ब्यबस्थापनलाई सूचना र प्रबिधिमैत्री बनाउन समेत कम्पयुटर सम्बन्धी आधारभुत ज्ञान हुनु जरुरी रहेको बताउनु भएको छ।

सामुदायिक र संस्थागत बिद्यालय गरी ३० जना प्रशिक्षार्थी सहभागी भएको तालिमको संचालन स्रोत ब्यक्ति नारायण पौडेलले गर्नु भएको थियो भने शिक्षा अधिकृत रमेश भुषाल,कञ्चन गाउपालिकाका सूचान अधिकृत नारायण शर्मा र स्वरोजगार संयोजक ईश्वरी ज्ञवालीले प्रशिक्षण दिनुहुने छ ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस