‘९० हजार बालबालिका विद्यालयमा भर्ना गर्छौ’

डोटी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका ९० हजार बालबालिकालाई यस वर्ष भर्ना गर्ने  बताएका छन । शैक्षिक संस्थाको अनुगमनका क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहेका मन्त्री पोखरेलले डोटी पुगेर ९० हजार विद्यार्थी यसवर्ष भर्ना गर्ने बताएका हुन ।

विद्यालयभन्दा बाहिर रहेका दुई लाख ५४ हजार बालबालिका गत वर्ष भर्ना भइसकेकाले बाँकी रहेका विद्यार्थी यस वर्ष भर्नाका लागि सबै स्थानीय तह लाग्नुपर्ने उनले बताए ।

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहले हेर्ने भएका कारण विशेष गरी स्थानीय तहले प्राथमिकताका साथ भर्ना अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा थियो ।

मन्त्री पोखरेलले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला, डोटी र डडेल्धुराका शैक्षिक संस्थाको अनुगमन गरेका छन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस