रुद्रपुर माविमा नतिजा प्रकाशन

कञ्चन । रुद्रपुर माध्यमिक विद्यालय,कञ्चन-४,रुपन्देहीले विद्यालयको बार्षिक परिक्षाफल प्रकाशन गरेको छ।विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिनोद कुमार पुनको प्रमुख आतिथ्यतामा प्रकाशन गरिएको परिक्षाफलमा ९६ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन।

परिक्षाफल प्रकाशन कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिनोद कुमार पुनले सामुदायिक विद्यालय भएपनि अभिभावकहरुको सल्हाह र सुझाब अनुसार विद्यालयमा बिगत १२ बर्ष देखि नेपाली र अंग्रेजी माध्यममा अध्ययन अध्यापन हुँदै आएको र बिस्तारै नतिजा पनि राम्रो हुँदै आएको बताउनु भएको छ।

अभिभावकहरुको रुचि र ईच्छा बमोजिम आफ्ना नानी बाबुहरुलाइ अंग्रेजी र नेपाली माध्यममा भर्ना गरि पढाउन सक्ने बताउनु भएको छ।

वि.सं २०३२ सालमा स्थापना भै नेपाली माध्यममा मात्र अध्ययन अध्यापन हुँदै आएको रुद्रपुर माध्यमिक विद्यालयमा २०६३ साल देखि यसैगरी कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यममा अध्ययन अध्यापन हुँदै आएको छ।

रुपन्देही जिल्लामै बुटवल देखि पश्चिमको एक मात्र सामुदायिक विद्यालय रुद्रपुर माध्यमिक विद्यालयको आधारभुत तह अन्तर्गत गाउपालिका स्तरिय कक्षा आठको परिक्षामा ए प्लसमा एक जना,ए ग्रेडमा ६ जना,बि प्लसमा २ जना र बि ग्रेडमा ९ जना गरि शत प्रतिसत उत्तिर्ण भएको सो विद्यालयका शिक्षक यम बहादुर थापाले जानकारी दिनु भएको छ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस