क्रिएटिभ लुम्बिनीको बार्षिक उत्सव सम्पन्न

कञ्चन । क्रिएटिभ लुम्बिनी इंलिस स्कुल,कञ्चन-४,रुपन्देहीको ११ औं बार्षिक उत्सव तथा अभिभावक दिवस प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ न्यौपानेले अब विद्यार्थीहरुलाइ सुगा रटाइ अध्ययन अध्यापनले शैक्षिक गुणस्तरमा सुधार नहुने तर सृजनात्मक र प्राविधिक शिक्षालाइ जोड दिनु पर्ने बताउनु भएको छ।

यसैगरी विशिष्ट अतिथि कञ्चन गाउपालिका वार्ड नं ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले विद्यार्थीको संख्यालाई भन्दा विद्यालयमा भएको विद्यार्थीहरुलाइ नै ब्यबहारिक र अनुसासित बनाइ ब्यक्तित्व बिकासलाइ पनि ध्यान दिनु पर्ने बताउनु भएको छ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ठाकुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल हेम बहादुर थापाले विद्यालयको शैक्षिक प्रगति प्रतिबेदन गर्नु भएको थियो भने विद्यालयको बार्षिक परिक्षामा उतिर्ण र विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको थियो।

कञ्चन प्याब्सनका सचिब थम सिंजाली, अभिभावकहरुको तर्फबाट चन्द्र प्रकाश घर्ति लगायतले बोल्नु भएको कार्यक्रमको स्वागत शिक्षिका पुष्पा थापाले गर्नु भएको थियो भने शिक्षक दान बहादुर रानाले संचालन गर्नु भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस