रिसनको साधारण सभा सम्पन्न

भैरहवा । हिजो (आइतबार) रुपन्देही एकिकृत विद्यालय संगठन नेपाल (रिसन) को एघारौ साधारण सभा तथा छैठौ अधिबेशन सम्पन्न भएको छ । दीपक खनालको अध्यक्षतामा अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा के एन सागर ज्ञवाली, उपाध्यक्षमा लक्ष्मण अर्याल, सचिवमा यम पुन, सहसचिवमा गोपाल ज्ञवाली, कोषाध्यक्षमा ज्ञान बहादुर थापा रहेका छन । त्यसैगरी सदस्यमा रमेश श्रेष्ठ र डिल्लीराम तीवारी निर्वाचित भएका छन ।

प्याप्सन प्रदेश ५ का उपाध्यक्ष खेमेन्द्र राना, प्याप्सन जिल्ला उपाध्यक्ष कमल प्रसाद रेग्मीले उक्त कार्यक्रममा बोल्दै रिसन रुपन्देहीले उत्कृष्ठ कार्य गरेको उल्लेख गरे ।

तिलोत्तमा नगरपालिका भित्रका २३ वटा नीजि विद्यालय रहेको रिसन रुपन्देही २०६४ सालमा स्थापना भएका हो । रिसनले प्रत्येक बर्ष खेल सप्ताह, नृत्य प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता लगाएत सस्कृति र परम्परा अनुसारका कार्यक्रम गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सोचका साथ अगाडि बढेको रिसन रुपन्देहीका अध्यक्ष दीपक खनालले जानकारी दिए।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस