त्रिविको अभिमुखीकरण सम्पन्न

बुुटवल । एमविएस सेमेस्टर प्रणालीमा आधारित नयाँ पाठ्यक्रम बारेको दुई दिने अभिमुखीकरण गोष्ठी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले बुटवलमा सम्पन्न गरेकोे छ ।

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सम्पन्न भएको अभिमुखीकरण गोष्ठीमा प्रदेश ५ का रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा, अर्घाखाची, दाङका साथै नवलपुर जिल्लामा रहेका एमविएस अध्यापन हुने त्रिवि अन्तर्गतका १७ क्याम्पसका १९० जना प्राध्यापकहरूको उपस्थिति रहेको थियो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा.डिल्लीराज शर्माले प्राध्यापकहरुले आर्जन गरेका विषय सम्बन्धित ठाँउमा पुर्याउन र सेमेस्टर प्रणालीका सम्बन्धमा रहेका विभिन्न भ्रमहरूलाई चिर्न आग्रह गरे

यस प्रकारको उत्साहजनक सहभागिताले आयोजकलाई आगामी दिनमा थप कार्यक्रम आयोजना गर्न उत्साह मिलेको बताउदै प्राध्यापकहरुको सिकाइ, बुझाइले विद्यार्थीको क्षमतामा अभिवृद्धी हुने र आगामी दिनका नतिजामा समेत यसको सकारात्मक प्रभावकारिता देखिने विश्वास व्यक्त गरे ।

अभिमुखीकरण गोष्ठीले पठनपाठनमा प्रभावकारिता ल्याउने, मुल्याङ्कन प्रक्रियामा एकरुपता ल्याउन प्राध्यापकहरुलाई सहज भएको कार्यक्रममा व्यवस्थापन संकायका सहायक डीन डा.ध्रूव गौतमले आशा व्यक्त गरे ।

अर्का सहायक डीन तथा अभिमुखीकरण गोष्ठीका संयोजक दिनेशमणि घिमिरले कार्यक्रम उत्साहवद्र्धक रुपमा सम्पन्न भएको र यो उत्साह विद्यार्थीहरुमा हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस