मगलमय सहकारीको १२ औ साधारण सभा सम्पन्न।

बुुटवल।मंगलमय बचत तथा श्रmण सहकारी संस्थाको १२ औ साधारण सभा तथा ११ औ स्थापना दिबश एक समारोहका बिच आज सम्पन्न भएको हो।

साधारण सभामा केन्दीय सहकारी संघका केन्द्रीय सदस्य कृष्ण नेपालले प्रमुुख अतीथीको रुपमा मन्तब्य राख्दै सहकारीका कारण नागरीकहरुमा बचत गर्ने बानीको बिकाश भएको बताउनुुभयो। सहकारीका माध्यमबाट शेयर सदस्यले सदुुपयोग गर्न सकेमा सम्बृद्धी हुुने बताउदै हरेक सहकारीले आफ्ना शेयर सदस्यको भबीष्य निर्माण गर्नका लागी दत्तचित्त हुुनुु पर्ने बताउनुुभयो। कार्यक्रममा बुुटवल उपमहानगरपालीका वडा न १० का अध्यक्ष पदम थापाले बचत गरेको रकमलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न सुुझाउनुुभयो।

त्यस्तै वडा न ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले सबै किसीमका संस्थाहरुमा संस्थागत सुुसासन आबस्यक रहेको बताउनुुभयो। कार्यक्रममा लेखा संयोजक धन बहादुुर बुुढाथोकी,केन्द्रीय सहकारी संघका फिल्ड ईन्चार्ज राधा पोख्रेल,स्वागतम सहकारीका अध्यक्ष बिभीषण केसी लगायतले शुुभकामना मन्तब्य राख्नुुभएको थियो। मंगलमय सहकारीले बार्षीक साधारण सभाका अबशरमा पाठेघरको स्वास्थ्य परीक्षण,रक्तदान जस्ता कार्यक्रम समेत सम्पन्न गरेको छ। साधारण सभामा कोषाध्यक्ष रामकसष्ण पुुन र अध्यक्ष होम गलामीको प्रतीबेदन सर्बसम्मत पास भएको हो। कार्यक्रम उपाध्यक्ष किशन थापाको स्वागत सचीब बुुद्धमाया पुुनको सञ्चालन र अध्यक्ष होम गलामीको अध्यक्षतामा सम्पन्न भएको हो।

मंगलमय सहकारीमा हालसम्म ११९९ सदस्य रहेको र कुुल ३८ करोड ५२ लाख बचत मध्येबाट २९ करोड लगानी गरीएको संस्थाका उपाध्यक्ष क्या किशन थापाले जानकारी दिनुुभयो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस