ब्रेनट्युमर पीडित भुसाललाई सहयोग

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–८ बस्ने ब्रेनट्युमर रोगले ग्रसित ३५ वर्षीय हरि भुसालको उपचारका लागि अमेरिकामा बसोबास गर्दै आएका प्रवासी नेपालीले उपचारमा सहयोग  गर्नुभएको छ ।

गाउँपालिका–९ घर भई हाल रोजगारीको सिलसिलामा अमेरिकामा बसोबास गर्दै आउनुभएका रामप्रसाद बस्याल, विष्णु बस्याल लगायतका प्रवासी युवाहरु मिलेर दुई लाख एक हजार ७७३ रकम पीडित भुसालको उपचारमा सहयोग गर्नुभएका छन् ।

भुसालको उपचारमा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालबाट पाँच हजार, क्राउन होटल तानसेनका सञ्चालक ज्ञानु कार्कीबाट चार हजार गरी दुई लाख १० हजार ७७३ रकम उपचारका लागि सहयोग जुटेको छ ।

अध्यक्ष बस्याललको पहलमा रोजगारीका सिलसिलामा अमेरिकामा रहेका नेपाली युवाबाट सो रकम सङ्कलन गरिएको हो ।

भुसालको आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि औषधि उपचारमा राहत पुगोस् भनेर सहयोग गरिएको सहयोगदाता रामप्रसाद बस्यालले बताउनुभयो । भुसालको अहिले काठमाडौँको वीर अस्पतालमा उपचार भइरहेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस