रुद्रपुर स्वास्थ्य चौकीको नया भवन शुभारम्भ,१५ शैयाको अस्पताल पनि छिटै बन्ने

कञ्चन ।  रुद्रपुर स्वास्थ्य चौकीको नव निर्मित भवनको उदघाटन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले एक कार्यक्रमका बिच गर्नु भएको छ ।

साबिक रुद्रपुर गा.बि.स.मा सामान्य र जिर्ण भवनमा स्वास्थ्य सेवा प्रबाह गर्दै आइरहेको रुद्रपुर स्वास्थ्य चौकीको नया भवन निर्माण सम्पन्न भै आज राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले शुभारम्भ गर्नु भएको हो ।

स्थानिय खडक बहादुर शेरचनले एक कठ्ठा पांच धुर,,धर्मादेबी थापाले पांच धुर,उम बहादुर रानाले एक कठ्ठा,चन्द्रकला काउचाले एक कठ्ठा,नन्द बहादुर खडकाथोकीले दश धुर र पुजा थापाले एक कठ्ठा जग्गा न्यून रकममा जग्गा उपलब्ध गराई करिब ६ कठ्ठा एक धुरमा निर्माण गरिएको सो भवनको जम्मा लागत रु.२ करोड ४३ लाख ५० हजार ४ सय ७३ रुपैया ४३ पैसा रहेको छ।

भवन निर्माणको लागि स्थानियहरुले रु.२०० देखि ६००० सम्म आर्थिक सहयोग संकलन गरी ५ कठ्ठा १० धुर जग्गा खरिद गरेका थिए भने ११ धुर जग्गा खडक बहादुर शेरचन र पुजा थापाले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए।

सो नव निर्मित भवनको शुभारम्भ गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले कञ्चनको स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन कुनै पनि बजेटको अभाव हुन नदिने बताउनु भएकोछ। कार्यक्रममा सम्बोधन गर्दै भट्टराइले भन्नु भयो अव कञ्चनमा बिशेज्ञ चिकित्सक सहितको १५ शैयाको अस्पताल समेत छिटै बन्ने र सो को लागि गाउपालिकाले अस्पताल रहने स्थानको निश्चित गर्न आग्रह गरेका छन।

स्वास्थ्य सबै भन्दा ठूलो धन हो भन्दै नया भवनको शुभारम्भ संगै आम नागरिकलाई गुणस्तरिय सेवा दिन सके सबै भन्दा ठूलो पुण्य काम हुने बताउनु भएको छ।भट्टराईले एक फरक प्रसंगमा बोल्दै कञ्चनका मात्र नभै देश भरका सुकुम्बासी,भुमिहिन र अब्यबस्थित बसोबासीहरुको हातमा जग्गा धनी पुर्जा पाउने बताउदै अव कोही पनि लालपुर्जा बिहिन नहुने बताउनु भएको छ ।

नेकपाले चुनावको समयमा घोषण गरेका बाचाहरु नेकपा सरकारको समयावधी भित्र पुरा गर्ने भन्दै यस बजेटबाट सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको बताउनु भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई लक्षित गर्दै भट्टराइले लामो समय सम्म सत्तामा बसेर सस्वादन गरी एककासी सत्ता बाहिर रहनु पर्दाको पिडालाई भुलाउन बिरोधको लागि बिरोध गर्नु उपर्युक्त नभएको बताउदै सकारात्मक आलोचनाको सरकार जहिले पनि स्वागत गर्ने बताउनु भएकोछ ।

कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको समृद्धिको लागि स्थानिय जनताहरु संगको सहकार्यलाई प्राथमिकता दिने बताउदै कञ्चन गाउपालिकाले आ.ब. २०७६/०७७ को लागि योजना बनाउने तयारीमा रहेको र गत आ.ब.मा जस्तै बिशेष योजना बनाएर लयाउने बताउनु भएको छ।

कञ्चनको हरेक वडाहरुमा स्वास्थ्य चौकी बन्ने र सोको लागि बजेटको ब्यबस्था गरिने र बिशेषज्ञ चिकित्चक सहितको कम्तिमा १५ शैयाको अस्पताल बनाउने योजना रहेको बताउनु भएको छ ।

कञ्चनको लालपुर्जा,खानेपानी,सिंचाई तथा अन्य बिकास सम्बन्धी समस्याहरुको समाधान गर्न सबै स्थानिय निकायहरुले केन्द्र सरकारलाई खवरदारी गरिरहेको बताउदै यही सरकारले नै लालपुर्जा बितरण गर्ने र कञ्चनलाई कृषि हवको रुपमा बिकास गर्ने गाउपालिकाको योजना भएको बताउनु भएको छ।

यसै गरी गाउपालिकाका उपाध्यक्ष गोमा तरामु मगरले रुद्रपुर स्वास्थ्य चौकीमा प्राथमिक आखा उपचार सेवाको पनि शुभारम्भ गर्नु पर्ने सुझाव दिदै आखा उपचार सेवा संचालन गर्न रण अम्बिका आखा अस्पताल संग सहकार्य गर्न सकिने बताउनु भएको छ।

रुद्रपुर स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष तथा कञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा रुद्रपुर स्वास्थ्य चौकी ब्यबस्थापन समितिकाका पुर्व अध्यक्ष लक्ष्मीकान्त पौडेल,नेपाल कम्युनिष्ट पार्टी,कञ्चन गाउ कार्य समितिका अध्यक्ष भरतमणि सापकोटा,नेपाली कांग्रेसका गंगा बहादुर के.सी.रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिनानाथ आचार्य लगायतले बोल्नु भएको थियो भने समितिका उपाध्यक्ष नन्द बहादुर खडकाथोकीको स्वागत र हिमा बेलबासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस