कञ्चनमा १३७ घरपरिवारलाई जस्तापाता प्रदान, २५ मुसहर घर बनाइने

कञ्चन । कञ्चन गाउपालिकाले गत आ.ब. देखि आफ्नो गाउपालिकामा फुस तथा खरको छानो भएका बिपन्न,दलित र मुसहर घरपरिवारलाई जस्तापाता उपलब्ध गराएको छ।

फुसको छानो रहित घर भएको गाउपालिका बनाउन गाउपालिकाले सो कार्यलाई अघि बढाएको हो। यस बर्ष पनि गाउपालिकाले फुसको छानो भएका करिब ५० घरधुरीमा जस्तापाताले छाइदिने कार्यक्रम अघि सारेको छ।

कञ्चनको समृद्धिलाई गुणात्मक बनाउन बिपन्न घरपरिवारलाई आर्थिक सहयता र आर्थिक उपार्जनका आधारहरु तयार गर्नु कञ्चन गाउपालिकाको योजना रहेको बताउदै कञ्चन गाउपालिकाका अद्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जस्तापाताले छाउन नसक्ने घरपरिवारलाई रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह संग समन्वय गरि निशुल्क काठ उपलब्ध गराउने समेत बताउनु भएकोछ।

कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीका अनुसार कञ्चन गाउपालिकामा आ.ब.०७४र०७५को तथ्यांकमा कञ्चन गाउपालिकामा २९७ घरपरिवारको फुसको छानो रहेकोछ।त्यस मध्ये गत ०७४र०७५ मा करिब २० लाख बराबरको बजेट ब्यबस्थापन गरी ८७ घरपरिवारलाई फुसको छानोबाट जस्तापाताको छानोमा परिणत गरिदिएको थियो।

यस बर्ष पनि अर्थात आ.ब.०७५र०७६मा रु.१० लाख बजेट बिनियोजन गरि फुसको छानो भएका ५० घरपरिवार र आगोलागि र दैबिप्रकोपबाट क्षति भएका ५ घरपरिवार गरि ५५ घरपरिवारको फुसको छानो बिस्थापित गरि जस्तापाताको छानो लगाइदिने भएकोछ।

गत बर्ष गाउपालिकाले वार्ड नं.२ मा रहेको मुसहर बस्तिमा समेत मुसहरहरुका लागि घर बनाईदिएको थियो। यस बर्ष पनि २५ मुसहर घरपरिवारको लागि घर निर्माण गरिदिने कञ्चन गाउपालिका प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले बताउनु भएकोछ। रुद्रपुर सामुदायिक बन संगको सहकार्यमा फुसको छानो भएका बिपन्न घरपरिवारलाई आवस्यक पर्ने काठको ब्यबस्था गरिदिने पन्थीले बताउनु भएकोछ।

गाउपालिकाले तराई मधेश समृद्धि आबाँस कार्यक्रम अन्तर्गत बिपन्न २५ दलित परिवाहरुको घर निर्माण गरिदिने कञ्चन गाउपालिका वार्ड नं.५ का वडा अध्यक्ष तथा शिक्षा समितिका संयोजक कृष्ण प्रसाद अधिकारीले बताउनु भएकोछ। तराई मधेस समृद्धि आबाँस कार्यक्रमले प्रति दलित घर परिवारलाई २ लाख र गाउपालिकाले १० प्रतिशत लगानी गरि जम्मा २ लाख २० हजार रुपैया एक दलित परिवारलाई गपलब्ध गराउने अधिकारीले बताउनु भएकोछ।

चालु आ.ब.मा प्रत्येक वडामा बिपन्न १०र १० घरपरिवारलाई २ हण्डर जस्तापाता प्रदान गरिने वडा नं।३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने बताउनु भएकोछ। फुस रहित कञ्चन बनाउने लक्ष सहित बिपन्न घर परिवारलाई जस्तापाता बितरण गरिएको अध्यक्ष लामिछानेले बताउनु भएकोछ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस