पाइप खरिद गरेको डेढ वर्ष बित्यो आयोजनाको काम अघि बढेन

बाँके । डेढ वर्ष बिति सक्दा पनि राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिद भएको  तर अन्य काममा प्रगति हुन सकेको छैन ।

पाइप खरिदमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अन्य काम अघि नबढेको हो ।

नेपाल खानेपानी संस्थान, नेपालगन्जले राप्ती नदीबाट पिउने पानी ल्याउन आर्थिक वर्ष ०७३र७४ को अन्त्यतिर पाइप खरिद गर्न टेन्डर आह्वान गरेको थियो । अख्तियारमा उजुरी परेपछि आव २०७४र७५ मा आयोजनाको काम अघि बढ्न नसकेको कार्यालय प्रमुख कार्कीले बताउनु भयो ।

संस्थानले राप्ती नदीको सिधनिया पुलनजिक सम्पवेलमार्फत राप्ती नदीको पानी तानेर नेपालगन्ज ल्याउने योजना छ ।

प्रज्ञापनमा आशंका

आयोजनाले नेपालगन्ज र बुटवलका लागि २५,२५ करोडको पाइप खरिद गरेको देखाएको थियो । तर, भन्सार पास गरेको प्रज्ञापनपत्रमा नेपालगन्ज भन्सारबाट १२ करोड र भैरहवा भन्सारबाट १३ करोडको सामान आयात गरेको देखिन्छ ।

आयोजनाका लागि आर्थिक वर्ष ०७४र७५ मा राप्ती नदीबाट खानेपानी आपूर्ति गर्न पाइप तथा फिटिङ सामान खरिद गर्न २८ करोड ४८ लाख ६३ हजार विनियोजन गरिएको थियो । त्यसैगरी निर्माणमा बुटवलका लागि २६ करोड २४ लाख र राप्तीका लागि २५ करोड ७६ लाख लागत तय गरिएको थियो ।

प्रमुख कार्कीले अख्तियारबाट क्लिन चिट आइसकेको बताउँदै योजनाको काम अघि बढाउने तयारी भएको बताउनु भयो । भूमिगत जलस्रोतबाट नेपालगन्जमा खानेपानीको आपूर्ति गर्दै आएको संस्थानले दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न नयाँ योजना ल्याएको छ ।

२८ हजार घरधुरीलाई खानेपानी
संस्थानले नेपालगन्ज उपमहानगरपालिकाका २८ हजार दुई सय चार घरधुरीलाई दैनिक साढे दुई करोड लिटर पानी वितरण गर्ने योजना बनाएको छ ।

संस्थानले अहिले नेपालगन्ज उपमहानगरपालिकाका चार हजार ६ सय घरधुरीलाई दैनिक ४० लिटर पानी वितरण गर्दै आएको कार्यालय प्रमुख कार्कीले बताउनु भयो  । उहाँले नेपालगन्ज उपमहानगरपालिकाको जनसंख्यालाई हेरेर नयाँ योजना ल्याएको बताउनु भयो   ।

सम्पवेल प्रविधि सफल भए मात्र वर्षभरि नै राप्ती नदीको पानी खानयोग्य हुने संस्थानले जनाएको छ । सम्पवेल सफल नभए राप्ती नदीको पानी पाइपमार्फत नेपालगन्ज ल्याउने योजना छ,कार्यालय प्रमुख कार्कीले बताउनु भयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस