दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा रु २७ लाख बराबरको आम्दानी

पाल्पा । पाल्पाको रामपुरमा चलेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा रु २७ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेलामा रु २६ लाख २७ हजार ८०२ आम्दानी भएको सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिनुभयो ।

आम्दानी खर्च सार्वजनिक कार्यक्रममा रु ८४ लाख ६१ हजार ८४८ मेलामा खर्च भएको उहाँले बताउनुभयो । कालीगण्डकीबेँसी उपत्यकाको पर्यटन विकास, सङ्घको भवन निर्माण, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ गत पुस २७ देखि माघ ८ गते मेला आयोजना गरिएको थियो । बिहीबार पत्रकार सम्मेलनमार्फत आम्दानी खर्च सार्वजनिक गरिएको हो । रासस

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस