दरबारमै मोटरबाटो पुगेपछि स्थानीयबासी खुसी

प्यूठान । प्यूठानको महत्वपूर्ण पर्यटकीय स्थल भित्रीबोट दरबारमा अहिलेसम्म मोटरबाटो छोएको थिएन । तर, यसैवर्षको बजेटले बाकी रहेको एक किलोमिटर सडक निर्माण गरी दरबारमै बाटो पुगेपछि स्थानीयबासी खुसी भएका छन् ।

बर्षेनी भित्रीकोटको नाममा बजेट छुट्टाउने तर आधा सडक निर्माण गर्दै छोड्ने भएका आफुहरु आक्रोशित बनेको शान्ता थापा मगरले बताइन । विगतका वर्षहरुमा काम गरेको ज्याला समेत नपाएको थापाले गुनासो गरेकी छिन् । जिल्लाकै ऐतिहासिक ठाउँ भित्रीकोट ओझेलमा पार्न नहुने स्थानीय टेक बहादुर सुनारले बताए ।

यसभन्दा अगाडिका दिनहरुमा कुनै पनि काम पारदर्शी तरिकाले नभएको बताउदैं केशरी थापाले यसवर्ष मात्र यसरी हिसाब किताब सार्वजनिक गरिएकोले सबै थाहा भएको बताइन् । प्यूठान नगरपालिका ४ मा अवस्थित भित्रीकोटलाई पर्यटन प्रवर्धन गर्न बाटोको स्तरउन्नतीसंगै पानीको चरम समस्या रहेको हुंदा तत्काल खानेपानीको व्यवस्था गरिदिन स्थानीबासीले नगरपालिकासंग आग्रह गरेका छन् ।

विगतका आर्थिक वर्षहरुमा नयाँ सडक निर्माण भन्दा सडक स्तरउन्नती गर्दै लैजादा दरबारमै बाटो नपुगेको प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले बताइन् । विजुवार भौका देखि ६ किलोमिटर टाढा रहेको ऐतिहासिक दरबार भित्रीकोट यसैवर्ष पुरातात्विक विभागबाट सूचिकृत भएको उपमेयर आर्चायले बताइन । खानेपानीको समस्यामुक्त गराउन प्रदेश सरकारमा सिफारिस समेत गरिएको उनले जनाकारी दिइन ।

त्यस्तै प्यूठान नगरपालिका ६ लम्छ्याङमा सुनार देवस्थल पदमार्ग निर्माण योजना सम्पन्न भएपछि मान्छेसगै गाइबस्तु ओहोर दोहोर गर्ने सहज भएको स्थानीय उपभोक्ता कलादेवी पुनले खुसी व्यक्त गरिन ।

वर्षातको समयमा भल बगेर हिड्नै नसक्ने गरी खाडल परेको गोरेटामा अहिले सिडी सहिल पक्की पदमार्ग भएपछि बालबालिका पनि सहजै ओहोर दोहोर गर्न सक्ने स्थानीयहरुको भनाइ छ । उक्त योजना जनश्रमदान सहित ५ लाख ३८ हजारमा सम्पन्न भएको छ ।

करिब ५ करोड बजेटमा ५७ सड्क निमार्ण हुंदै

प्युठान नगरपालिकाले चालु आर्थिक बर्षमा पुराना र नयाँ गरि ५७ वटा सड्क निमार्ण हुदैछ ।  नगरपालिकाका १० वटा वडामै आवश्यकताका आधारमा सड्क निमार्ण गरिएको नगरपालिकाका उपमेयर शान्ता आचार्यले बताइन ।

सड्क निमार्णका लागि प्युठान नगरपालिकाको दुई करोड ६२ लाख ३४ हजार एक सय ४७ र मन्त्रालयकोे समपुरककोषबाट दुई करोड १५ लाख गरि ४ करोड ७७ लाख ३४ हजार १ सय ४७ रुपिँया बजेट विनियोजन भएको नगरपालिका योजना शाखा अधिकृत बन्दना शाक्यले जानकारी दिइन ।

“पहिलो वर्षमा नगरपालिकाले नगरक्षेत्रभित्रमा धेरै सड्क निमार्ण गरेको थियो,आचार्यले भनिन्,–‘बाकी रहेका ठाउँमा यस वर्षपनि सड्क निमार्ण गरिएको छ ।” यस वर्ष नयाँ संगै पुरानाको नाली खन्ने, स्तरउन्नतीको काम गरिएको उनको भनाइ छ ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस