तिलोत्तमामा २५ करोड राजश्व संकलन

तिलोत्तमा । चालु आर्थिक वर्षको ९ महिनामा तिलोत्तमा नगरपालिकाले २५ करोड २५ लाख रुपैया राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षमा ३६ करोड ७३ लाख राजश्व संलन गर्ने लक्ष्य लिएको नगरपालिकाले चैत्र मसान्तसम्म ६९ प्रतिशत अर्थात २५ करोड २५ लाख रुपैया राजश्व संकलन गरेको हो ।

नगरपालिकाले सबैभन्दा बढी राजश्व नदिजन्य पदार्थबाट उठाएको छ । चैत्रसम्म १६ करोड रुपैया नदिजन्य पदार्थबाट उठेको छ । जसलाई प्रतिशतमा हेर्दा कुल राजश्वको ६३ प्रतिशत बढी आउछ ।

यस्तै हाटवजार बैठकी करबाट आर्थिक वर्ष भरीमा १५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९ महिनामा चैत्र मसान्तसम्म ३६ लाख ६० हजार अर्थात २४४ प्रतिशत राजश्व संकलन गरेको छ ।

नगरपालिकाले सम्पत्ति कर र व्यवसायीक करमा भने लक्ष्य भन्दा न्यून राजश्व संकलन गरेको छ । यि दुबै करमा नेपाली काग्रेसले बिरोध गर्दै ज्ञापन पत्र समेत बुझाएको थियो ।

नगरपालिकाले सम्पत्ति करबाट असार मसान्तसम्ममा २७ करोड राजश्व उठाउने लक्ष्य लिएकोमा ९ महिनामा चैत्र मसान्तसम्म ९ दशमलव ३० प्रतिशत अर्थात साढे २ करोड मात्रै राजश्व संकलन गरेको छ ।

यस्तै २ करोड ५१ लाख व्यवसाय करबाट राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा चैत्र मसान्तसम्म ३३ प्रतिशत अर्थात ८३ लाख रुपैया नगरपालिकाले राजश्व संकलन गरेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस