बंगलादेश नेपालबाट धागो आयात गर्न इच्छुक

काठमाडौं  । नेपालबाट धागो आयात गर्न बंगलादेश इच्छुक देखिएको छ । नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सले नेपालबाट धागो आयात गर्न बंगलादेश इच्छुक रहेको  बताएकी छिन ।

नेपाल उद्योग परिसंघको कार्यालयमा भएको छलफल कार्यक्रममा उनले नेपाली वस्तु बंगलादेशमा सहुलियतपूर्ण निकासीका लागि सहयोग गर्ने बताइन ।

उनले दुवै मुुलुक सुविधायुक्त व्यापार सम्झौता गर्न सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेस भइसकेको बताउँदै चाँडै सो सम्झौतामा निर्णय हुने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा बंगलादेशका राजदूतलाई स्वागत गर्दै नेपाल उद्योग परिसंघमा स्वागतका अध्यक्ष सतिशकुमार मोरले नेपाल–बंगलादेश दुवै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रियस्तरको व्यापार, पर्यटन र लगानी बढाउन योगदान दिन सक्ने बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस