सभा सदस्य भट्टराइद्धारा पक्की पुल निर्माणका लागि सम्भाव्यता अध्ययन

कञ्चन । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराइले कञ्चन गाउपालिका वार्ड नं २ कटुवाघाट बाट गैडहवा वार्ड नं ७ ऐचालवल जोड्ने कञ्चन खोलामा पक्की पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेका छन।

अध्ययन टोलीमा कञ्चन २ का शेर बहादुर थारु र इन्जिनियर गोपाल खड्का समेत सहभागी रहेका थिए।अध्ययन पछि पक्की पुल निर्माण गर्न डिपिआर तयार गर्न समेत सम्बन्धित बिभागका इन्जिनियर गोपाल खड्कालाइ निर्देशन दिदै जनताको आधारभुत आवस्यकतालाई नेकपाको सरकार प्रतिबद्ध भएको र जनता र नेतृत्व तथा जनप्रतिनिधी बिचको सम्बन्धलाइ बलियो बनाउन जनप्रतिनिधीहरु स्थानिय नागरिकहरुको गुनासोसंग नजिक हुनु पर्ने बताएका छन।

अहिले झोलुङ्गे पुल रहेको सो ठाउमा पक्की पुल निर्माणका लागि तत्काल डिपिआर तयार गर्न २० लाख बजेट समेत बिनियोजन भएको छ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस