खेलकुद

एएफसी एशियन कप छनोट-: नेपाल र यमनको प्रतिस्पर्धा

बुटवल । एएफसी एशियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि यमनसंग प्रतिस्पर्धा गर्ने भएको छ । खेल कतारको दोहा स्थित सुहइम बिन स्टेडियममा हुने छ । समूह ‘एफ’मा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको छ । नेपालको लागि यो खेल प्रतिष्ठाका लागिमात्र हुनेछ । यसअघि काठमाडौँमा भएको पहिलो यमन विरुद्धको लिगमा नेपालले गोलरहित बराबरी खेलेको थियो । छनोट चरणमा पाँच खेल खेलेको नेपालले...

पुरा पढ्नुहोस
क्रिकेट मैदानको स्वरुप फेरिदै

बाँके । नेपाल क्रिकेटले अन्तराष्ट्रिय एकदिवसीय मान्यताको ऐतिहासिक सफलता पछि विभिन्न किसिमका बहश सुरु हुन थालेका छन । एउटा बहस हो क्रिकेट मैदानको ।नेपालमा अन्तराष्ट्रिय खेल खेल्ने त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदान बाहेक अन्य मैदान नहुनुले नेपालले अन्य देशहरुलाई बोलाएर सिरिज खेल्ने र एक दिवसिय खेलहरु आयोजना गर्ने वातावरण छैन ।जसले गर्दा यथासिघ्र एकदिवसिय खेल संचालन हुने खालको क्रिकेट मैदान निर्माण गर्न आबश्यक छ देखिएको खेल क्षेत्रका बिज्ञहरुले बताउँदै आएका...

पुरा पढ्नुहोस
तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप-: एपिएफ विजयी

-प्रकाश आचार्य बुटवल । नविन लामाले हयाटिकसंगै बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटवल प्रतियोगितामा विभागिय टिम नेपाल एपिएफ क्लव विजयी भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा जारी प्रतियोगितामा रमपम झापा ११ लाई ४÷२ ले हराउँदै एपिएफ क्लव विजयी भएको हो । विजयीसँगै एपिएफ क्वाटरफाइनलमा पुगेको छ । एपिएफले आफ्नो दोस्रो खेल अब चैत १३ गते रुपन्देहीको...

पुरा पढ्नुहोस
नेपाल र मलेसियाबीचको मैत्रीपुर्ण खेल रद्ध 

बुटवल । नेपाल र मलेसियाबीच हुने भनिएको मैत्रीपुर्ण फुटवल खेल अन्तिम समयमा आएर रद्ध भएको छ । अखिल नेपाल फुटवल संघ एन्फो मलेसियासँगको मैत्रिपुर्ण खेल रद्ध भएको जानकारी दिएको हो । प्राविधिक कारणले रद्ध भएको खेल आगामी अप्रिल १ मा हुने एन्फाले जनाएको छ । ...

पुरा पढ्नुहोस
मदन भण्डारी गोल्डकप फूटबल प्रतियोगिता सुरू

बुटवल  । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नक आउट फूटबल प्रतियोगिता शुक्रबारदेखि बुटवलमा सुरू भएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन । कार्यक्रममा बोल्दै युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले सरकार खेलकूदको विकासमा लागेको बताए । उनले नेपालमा खेलकूदको ठूलो सम्भावना भएको भन्दै सरकार खेलकूदको विकास र समृद्धिको लागि जुटेको जानकारी गराए । विश्वकर्माले भने, खेलकुदमा देखिएका समस्या समाधान गर्न सरकार ऐन, कानुन र नीति नियम परिवर्तन गरी अगाडि...

पुरा पढ्नुहोस
जगजीत श्रेष्ठ अष्ट्रेलियाको नयाँ फुटबल क्लवमा आबद्ध

बुटवल । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएको छन । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेको हो । उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन । प्रेस्टन लायन्स गत सिजनको भिक्टोरीया स्टेट लिगमा चौथो स्थानमा उभिएको थियो । त्यसअघि २०१६ मा दोस्रो स्थान हांसिल गरेको...

पुरा पढ्नुहोस
पहिलो चरणको अन्तिम खेलमा बुटवल र लुम्बिनी बिजयी

बुटवल ।  नवज्योती युवा क्लव शंकरनगरको आयोजनामा तिलोत्तमा नगरपालीका–१ शंकरनगरमा खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत बुधवार को खेलमा बुटवल युथ क्रिकेट क्लब बुटवल र लुम्बिनी युथ क्लब भैरहवा बिजयी भएका छन् । आज भएको पहिलो खेलमा बुटवल युथ क्रिकेट क्लबले नव ज्योति युवा क्लब तिलोत्तमा (११ लाइ ९७ रनको भारि अन्तरले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ्ग गरेको बुटवल युथ क्रिकेट क्लबले निर्धारीत १९.३ ओभरमा अलआउट हुदै...

पुरा पढ्नुहोस
सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरका रंगशाला

पोखरा । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताउनुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रंगशालामा आयोजित कार्यक्रममा उहाँले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३आँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागलाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुका साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा...

पुरा पढ्नुहोस
शुक्रबारदेखि मदन भण्डारी गोल्डकप फूटबल प्रतियोगिता

बुटवल । मोफसल कैं सर्वाधिक पुरस्कार राशीको तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप नक आउट फुटवल प्रतियोगिता बुटवलमा हुने भएको छ । यही चैत ९ गते देखि १९ गतेसम्म संचालन हुने प्रतियोगितामा हिमालयन फुटवल क्लव मलेसिया, विभागित ३ टिम सहित १० टिमको सहभागिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नम्बर ५ को आयोजनामा संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार...

पुरा पढ्नुहोस
शंकरनगरमा जारी खुल्ला टि–२० क्रिकेटमा नमस्ते नेपाल क्रिकेट क्लब र नव ज्योति युवा क्लब समूह बि बिजयी

-रेनुका गिरी बुटवल । तिलोत्तमा नगरपालीकामा–१ शंकरनगरमा जारी खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा नमस्ते नेपाल क्रिकेट क्लब र नव ज्योति युवा क्लब समूह बि बिजयी भएको छ । सोमबार भएको पहिलो खेलमा नमस्ते नेपाल क्रिकेट क्लबले जन ज्योति क्रिकेट क्लबलाइ ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिलो ब्याटिङ्ग गरेको जन ज्योति क्रिकेट क्लबले१९ ओभरमा अलआउट हुदै ११० रन बनाएको थियो । १११ रनको लक्ष्य लिएर मैदानमा...

पुरा पढ्नुहोस