खेलकुद

पामिरमा क्रिकेट प्रतियोगिता सम्पन्न

तिलोत्तमा । पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा २ मा शुक्रबार क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारीय कार्यक्रम अन्तर्गत सिनियर र जुनियर दुवै तहको अन्तर सदनात्मक छात्र छात्रा सर्टपिच क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा जुनियर तर्फ छात्रहरूमा पहेँलो सदन विजयी भएको छ । त्यसै गरी सिनियर तफ छात्राहरूमा निलो सदन विजयी भएको छ, भने छात्रहरू तफ रातो सदन विजयी भएको छ । ...

पुरा पढ्नुहोस
जिल्ला फुटबल सघ रुपन्देहींले मनायो ‘ग्रासरुट फुटबल डे’

बुटवल । बालबालिकालाई लक्षित गरेर एन्फाले यस वर्षदेखि प्रत्येक जिल्लामा ग्रास रुट प्रशिक्षण शुरु गरेको छ । नेपाली फुटवलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले गत भदौदेखी ग्रास रुट फुटबलको प्रशिक्षण सुरु गरेको थियो। जिल्ला फुटबल संघ रुपन्देहीले बिशेष कार्यक्रमको आयोजना गर्दै बुधबार ग्रासरुट डे मनाएको हो । ग्रास रुट फुटबल जिल्लाका बिभिन्न विद्यालयका ३ सय भन्दा बढी बालबालिका सहभागी भएको जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसी ले जानकारी दिए...

पुरा पढ्नुहोस
टेबल टेनिसको उपाधी आर्मीका कृष्ण र दिक्षालाई

 बुटवल । बुटवलमा सम्पन्न दोस्रो राष्ट्रिय खुल्ला मेयरकप टेबलटेनिस प्रतीयोगीताको उपाधीआर्मीका कृष्ण थापामगर र दिक्षातामाङले हातपारेका छन । सोमबार सम्पन्नफाइनल खेलमा पुरुषतर्फ आर्मीका कृष्ण थापाले सुनसरीका महादेब चौधरीलाई ४ –२ को सेटमा पराजीतगर्न सफल रहे । बिजेता थापाले नगद ४० हजार प्राप्त गरे भने उपबिजेताचौधरीले २० हजारमा चित्तबुझाए । सान्त्वना स्थान हात पार्न सफल प्रवेश बस्नेत र प्रज्वल श्रेष्ठले ५,५ हजार प्राप्त गरे । उता महिलातर्फको उपाधी पनी आर्मीकै दिक्षा तामाङले हात...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मोति माविले जित्यो

प्यूठान । ऐरावती गाउँपालिका स्तरीय अन्र्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मोती माध्यामिक विद्यालय बरौलाले जितेको छ । ऐरावती गाउँपालिकाको आयोजना तथा मोति माध्यामिक विद्यालय बरौलाको सहआयोजनामा बैशाख २७ गते देखि सञ्चालन गरिएको खेलमा १ मार्च, ६ स्वर्ण, १ रजत र ४ कास्य हासिल गरि मोति माविले रनिङ्ग शिल्डको विजेता भएको हो । त्यस्तै धर्मोदय माध्यामिक विद्यालयले दृतिय, जनता माध्यामिक विद्यालयले तृतिय र महेन्द्र माध्यामिक विद्यालय सरङ्गबेसीले सान्त्वना स्थान पाएको छ...

पुरा पढ्नुहोस
हन्ड्रेड प्लसका ब्रान्ड एम्बेसडर बने: गोलरक्षक किरण चेम्जोङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ हन्ड्रेड प्लस आइसोटोनिक स्पोर्टस् ड्रिंग्सका ब्रान्ड एम्बेसडर बनेका छन् । नेपालका आधिकारिक विक्रेता सारा ग्रुपका अध्यक्ष दीपक केसी र गोलरक्षक चेम्जोङबीच आइतबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै गोलरक्षक चेम्जोङ दुई वर्षका लागि कम्पनीका ब्रान्ड एम्बेसडर बनेको केसीले बताएका छन् । सारा गु्रपका अध्यक्ष केसीले आगामी दिनमा फुटबलकै अन्य खेलाडीलाई पनि ब्रान्ड एम्बेसडर बनाउने योजना रहेको बताएका छन् ।...

पुरा पढ्नुहोस
खेलाडीलाई सागको तयारीका लागि बन्द प्रशिक्षणमा राखिने

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद्ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिनेछ । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा...

पुरा पढ्नुहोस
मुम्बई इन्डियन्स पाँचौँपटक क्रिकेट प्रतियोगिताको फाइनलमा

चेन्नई । मुम्बई इन्डियन्स पाँचौँपटक इन्डियन प्रिमियर लिग ९आइपिएल० टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । १२औँ संस्करणको मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा मुम्बईले साबिक विजेता चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित निकाली अन्तिम दुई स्थान पक्का गरेको हो । चालू आइपिएलमा मुम्बईले चेन्नईविरुद्धका तीनै भेटमा जित निकालेको हो । घरेलु मैदान चिन्नस्वामी रंगशालामा चेन्नईले पहिलो ब्याटिङ गर्दै २० ओभरमा चार विकेटको क्षतिमा एक सय ३१ रनको कम योगफल खडा गर्‍यो...

पुरा पढ्नुहोस
मुुख्य मन्त्री कप प्रतियोगिता सम्पन्न

बुुटवल ।  प्रदेश ५ को राजधानी बुुटवलमा जारी प्रथम मुुख्य मन्त्री रनिङ्ग शिल्ड प्रतीयोगीता २०७६ सम्पन्न भएको छ। पहीलोपटक सञ्चालन गरीएको यो प्रतीयोगीतामा ६ स्वर्ण पदक ५ रजत र ३ कास्य सहीत रुपन्देहीले पहीलो स्थान हासील गर्न सफल भएको छ। भने ३ स्वर्ण र ८ कास्य सहीत दाङ दोश्रो स्थान र १ स्वर्ण पदक २ रजत र ४ कास्य सहीत नबलपरासी तृतीय स्थान हासील गर्न सफल भएको हो। यो जित संगै प्रथम...

पुरा पढ्नुहोस
प्रदेश ५ मा मुख्यमन्त्री रनिङ्ग शिल्ड खेलकुद सुरु

बुटवल । आजदेखि बुटवलमा मुख्यमन्त्री रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु हुदै छ । प्रतियोगिताको मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन कार्यक्रम गर्नुहुने छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको आयोजनामा  खेलकुदमा युवा सहभागीता प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, शटपुट गरी ६ विधामा खेलाडीहरुले प्रतिष्पर्धा गर्ने छन् । भलिबलमा कुल २ सय १६ जना, ब्याडमिन्टनमा कुल ४८ जना, दौडमा...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठमा हुदै

चितवन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेठ १६ गतेदेखि गर्ने निर्णय भएको हो । सबै स्थानीय तहले स्थानीयस्तरमा खेल खेलाएर छनोट भएका खेलाडीलाई जिल्लामा प्रतिस्पर्धा गराई प्रदेशको प्रतियोगिताका लागि छनोट गराइने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गङ्गालाल लामाले बताए । उनका अनुसार १८ वर्ष उमेर नकाटेका कक्षा १२...

पुरा पढ्नुहोस