बिज्ञान/प्रविधि

सिम वाइफाई बिना कल गर्न मिल्ने मोवाइल बजारमा

ऐजेन्सी । मोबाइल कम्पनि अप्पोले सेलफोन प्रयोगकर्ताहरुका लागि नयाँ प्रविधिको फोन बजारमा ल्याएको छ । चाइनिज कम्पनी अप्पोले बिना वाइफाई र सिमको प्रयोगबाट कल गर्न मिल्ने नयाँ प्रविधि ल्याएको हो । मेसटक नाम दिएको यस प्रविधिबाट प्रयोगकर्ताले वाइफाई, ब्लुटुथ र सिमको सेलुलर कनेक्सन बिना नै एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग कुराकानी गर्न सक्नेछन् । मेसटकको प्रयोगबाट अप्पो स्मार्टफोन प्रयोग गर्ने एक प्रयोगकर्ताले अप्पो स्मार्टफोन नै प्रयोग गर्ने अर्को प्रयोगकर्तासँग निस्शुल्क र सुरक्षित...

पुरा पढ्नुहोस
सब स्टेशन चन्द्रौटामा आगलागी: विद्युत सेवा अवरुद्ध

कपिलवस्तु । ओभरलोडका कारण नेपाल विद्युत प्राधिकरण सब स्टेशन चन्द्रौटामा आज बिहान ४ बजेतिर आगोलागी हुँदा कपिलवस्तु जिल्लाभरी विद्युत सेवा अवरुद्ध भएको छ । जलेको ट्रान्सर्फमर मर्मतको प्रयास भइरहेको र बुटवलबाट छुट्टै ट्रान्सर्फमर पनि मगाइएको सव स्टेशनले जनाएको छ । साझ सम्म विद्युत प्रवाह गराउने प्रयासमा कर्मचारीहरु लागेका छन । विद्युत अवरुद्ध हुँदा कपिलवस्तु उद्योग प्रतिष्ठानमा समेत काम ठप्प भएको छ । ...

पुरा पढ्नुहोस
विद्युत सेवा नियमित गर्न स्थानीय उपभोक्ताको माग

गुल्मी । दिनहुँ पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदै जान थालेपछि गुल्मीमा अघोषित लोडसेडिङ हटाउनुपर्ने माग राख्दै स्थानीय उपभोक्ताले नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिएका छन । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको पटकपटकको लापरवाहीका कारण आम गुल्मेली जनता विद्युत् उपभोगबाट वञ्चित बनेको र लोडसेडिङको मार खेप्नुपरेको भन्दै गुल्मी उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ गुल्मीको संयुक्त टोलीले तीन दिनभित्रमा विद्युत् सेवा नियमित नगरिए थप आन्दोलनमा...

पुरा पढ्नुहोस
अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

काठमाडौं  । अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रूपमा डक भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो । अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले भर्जिनियास्थित ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट भू–उपग्रह भएको यान प्रक्षेपण गरेको थियो । अब...

पुरा पढ्नुहोस
फोटोग्राफरलाई प्रशिक्षण

बुटवल । रुपन्देहीमा क्रियाशील फोटो ग्राफरहरुलाई नयाँ प्रविधिबारे जानकार गराउने उद्देश्यले प्रशिक्षण दिइएको छ । फोटोग्राफर सम्बन्धी नयां सफ्टवयरको प्रयोगमा दक्ष बनाउनका लागि फोटो ग्राफरहरुका लागि प्रशिक्षणको आयोजना गरिएको हो । लुम्बिनी भिडियो ग्राफी एण्ड मिक्सिङ संघले आयोजना गरेको प्रशिक्षणमा रुपन्देहीका ४५ जना फोटो ग्राफरको सहभागिता रहेको थियो । लुम्बिनी भिडियो ग्राफी एण्ड मिक्सिङ संघका अध्यक्ष दीपक कार्कीले नयां-नयां प्रविधिको प्रयोगबाट फोटो र भिडियो सम्पादन गरेर व्यवसायलाई आधुकिकरण गर्ने संघको उद्देश्य...

पुरा पढ्नुहोस
नवलपरासीमा विद्युत समस्या

नवलपरासी । मंगलबार बिहान परेको हावाहुरी,पानीसँगै परेको चट्याङले नवलपुरको प्रगतिनगर सवस्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पुगेपछि सबैजसो ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । हिजो पत्रकार सम्मेलन गरेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, कावासोतिले औद्योगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प हुने जनाएको छ । वितरण केन्द्र कावासोतीका प्रमुख राजिवकुमार शर्माले चट्याङले ट्रान्सफर्मरमा क्षति पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा रहेका औद्योगिक कलकारखानामा १० दिनसम्म पूर्ण रुपमा विद्युत सेवा...

पुरा पढ्नुहोस
प्रशासन कार्यालयको मोबाइल एप्स सञ्चालन

पाल्पा । मोबाइल एप्स पाल्पा जिल्ला प्रशासन कार्यालयले सञ्चालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले सेवाग्राही तथा सरोकारवालालाई सेवा तथा जानकारी लिन सहज बनाउने उद्देश्यले सो एप्स सञ्चालनमा ल्याइएको बताए । त्यसका लागि रु एक लाख ४३ हजार ५१० खर्च भएको थियो ।  सूचना अधिकारी हुमबहादुर पाण्डेले उक्त एप्समा जिल्लाको सामान्य जानकारी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको विवरण, नागरिक बडापत्र, कार्यालय प्रमुखको बैठक तथा निर्णय, मासिक प्रगति विवरण, अनुगमनका...

पुरा पढ्नुहोस
संसारभर जिमेलमा समस्या

बुटवल । संसारभर गुगलको जिमेलमा समस्या देखिएको छ। संसारभरका जिमेल प्रयोगकर्ताले आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी दिएका छन। जिमेलमा आएको समस्याका कारण कठिनाई भइरहेको उनीहरुले बताएका छन । गुगलको जिसुट स्टाटस ड्यासबोर्डमा मंगलबार राति ११ः३८ मा पोष्ट भएको एउटा मेसेजमा ‘जिमेलको सेवा अवरोध’ भइरहेको जानकरी दिएको छ। ‘हामी जिमेलको समस्याबारे अनुसन्धान गरिरहेका छौं,’ उक्त मेसेजमा भनिएको छ। ‘हामी यसबारे थप जानकारी चाँडै नै दिनेछौं।’ प्रयोगकर्ताको जिमेल त खोलिन्छ तर यसमा ‘इरर...

पुरा पढ्नुहोस
दैलोमै ‘मोवाइल’ मिल

दाङ । खेतबारी जोत्नलाई प्रविधिको प्रयोगले किसानलाई सहज बनाइदिए जस्तै पछिल्लो समयमा धान कुट्नलाई घरमै कृषि उद्योग पुग्न थालेपछि सेवाग्राहीलाई सहज भएको छ । केही महिना पहिलेसम्म धानको थैलो पिठ्युँमा बोकेर मीलसम्म पुग्ने घोराही–५ भैंसापथ्रा निवासी चिन्ताकुमारी वली अहिले घरमै धान कुट्न थालेकी छिन । धान कुट्नलाई घरमै धान कुट्ने कृषि यन्त्र (मील) आउन थालेपछि धेरै सजिलो भएको उनले बताइन । उनका अनुसार घरमै धान कुटिन थालेपछि धानको बोरा बोकेर मील...

पुरा पढ्नुहोस
फर्साटिकरमा सिसिटिभी क्यामरा उद्घाटन

फर्साटिकर । शुद्दोधन गाउँपालिका वाड नम्बर-४ सौ फर्साटिकरमा जडान गरीएको सिसिटिभी क्यामराको हिजो एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले उद्घाटन गरेका छन। फर्साटिकर अब सोचेभन्दा फरक ढंगले विकास हुन लागेको उनले बताए । बुद्ध सर्किट दुइचार महिनामा पुरा हुने, लुम्बिनीबाट काठमाडौं ३ घण्टामा , लुम्बिनीबाट पोखरा २ घण्टामा ,लुम्बिनीबाट केरुङ्गा नाका ४ घण्टामा पुग्न सक्ने खालको बाटो केन्द्रिय सरकारले सम्पन्न गर्न लागेको समेत उनले बताए। उनले लुम्बिनीको...

पुरा पढ्नुहोस