राजनीति

अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा पुन:बिचार हुनसक्छ- ओली

बुटवल,माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुन: बिचार हुनसक्ने बताएका छन्। आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई आज थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँ कहाँ अस्थायी राजधानी तोक्ने, कहाँ कहाँ प्रदेशको राजधानी तय गर्ने भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना...

पुरा पढ्नुहोस
चितवनमा सबैभन्दा बढी चुनावी खर्च क्षेत्र नम्बर ३ मा

चितवन,माघ । चितवनबाट प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारहरुले जिल्ला निर्वाचन कार्यालय भरतपुरमा खर्च विवरण बुझाएका छन् ।चितवन जिल्लामा तीन वटा क्षेत्र छन् । सबैभन्दा बढी खर्च भएको क्षेत्र नम्बर ३ मा देखिन्छ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा रु नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गरेका छन्। उनले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गरेको...

पुरा पढ्नुहोस
वैचारिक अभियान चलाउन नेपाली काँग्रेसका युवा नेताहरुको माग

बुटवल, माघ। नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीलाई बलियो र सशक्त बनाउनका लागि वैचारिक अभियान चलाउन नेतृत्वसँग माग गरेका छन्। नेपाल तरुण दलका महामन्त्री एवं काँग्रेस कालीकोटका महासमिति सदस्य भूपेन्द्रजंग शाही, महासमिति सदस्य धर्मेन्द्र नेम्वाङ, विनिता अधिकारी, खड्ग डाँगी, सुनिता अधिकारी, काँग्रेस लमजुङका क्षेत्रीय सभापति वृषराज गुरुङ, बाग्लुङ क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, पहोरा नगरपालिका रौतहटका प्रमुख शेख वकिललगायतले सोमबार संयुक्त विज्ञप्ति जारी गरी पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनका लागि तत्काल...

पुरा पढ्नुहोस
बामगठबन्धनको संयुक्त कार्यदल बैठक आज

काठमाडौं, पुस । एमाले–मओवादी संयुक्त कार्यदलको बैठक आज बस्दै छ । बैठक एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा बस्ने नेताहरुले बताएका छन् । बैठकले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाउने छ । कार्यदलले बनाएको साझा अवधारण पार्टी एकता संयोजन समितिलाई बुझाउने कार्यदेश पाएको छ । माओवादी नेता तथा कार्यदल सदस्य मात्रिका यादवले कार्यदलले पाएको कार्यदेश अनुसार गृहकार्य सुरु गर्ने बताए । यसअघि गत २६...

पुरा पढ्नुहोस
वाम गठबन्धनले तयार पार्‍यो चार बुँदे मापदण्ड

काठमाडौं, पुस । वाम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि चार बुँदे मापदण्ड तयार पारेको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपीशर्मा ओलीको निवासमा भएको भेटमा दुई दलका शीर्षनेताले मापदण्ड तयार पारेका हुन् । ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको मापदण्डमा प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको मतलाई...

पुरा पढ्नुहोस
चितवनलाई देशकै आर्थिक राजधानी बनाउने – प्रचण्ड

चितवन,पुस । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र न. ३ का सांसद प्रचण्डले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् । चितवन उद्योग संघको नवौं अधिबेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा आर्थिक सम्वृद्धिको सम्भावना सवै जग रहेको रहेको भन्दैं आर्थिक नगरीका रुपमा अघि बढाउने बताए । प्रचण्डले भने, ‘चितवनमा देशलाई नै आत्मनिर्भर बनाउने पोल्ट्री व्यवसाय छ, दूध, तरकारी, तोरी, माछापालन, पशुपालनको सम्भावना अधिक छ । देशको मध्य भागमा...

पुरा पढ्नुहोस
पाँच वर्षभित्र १५ वर्षमा गर्न नसकिने विकासका काम गरेर देखाउनुपर्छ – गोकर्णराज विष्ट

काठमाडौँ, पुस । नेकपा (एमाले) का सचिव गोकर्णराज विष्टले निर्वाचनमा जनताले वाम गठबन्धनलाई पाँच वर्षका लागि मुलुकको नेतृत्व गर्न जनादेश दिएको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघको ३०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा सचिव विष्टले एमाले र नेकपा (माओवादी केन्द्र) बीच बलियो एकता गरी पाँच वर्षभित्र १५ वर्षमा गर्न नसकिने विकासका काम गरेर देखाउनुपर्नेमा जोड दिए । उनले भने –’यो अवधिमा गठबन्धनले मुलुकमा विकास र समृद्धिका काम गरेर जनताको...

पुरा पढ्नुहोस
सर्वदलीय बैठकका तीन एजेण्डा

काठमाडौं, पुस । निर्वाचनको मिति घोषणा र निर्वाचन सम्पन्न भएपछि समेत सरकारले एकलौटी निर्णय गरेर जनमतको वेवास्ता गरेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय दुरगामी र दीर्घकालिन महत्वका विषयको निर्णय गर्दा दलीय सहमति खोज्ने प्रयास गरेका छन् । त्यसका लागि प्रधानमन्त्री देउवाले दलका नेताहरुसँगको छलफललाई तिव्रता दिएका छन् । मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट संबाद सुरु गरेका प्रधानमन्त्री देउवाले बुधबार एमाले अध्यक्ष केपी ओली, राजपा नेपालका अध्यक्ष महन्त...

पुरा पढ्नुहोस
काँग्रेसको हार भएपनि बिपी विचारको जित- विश्वप्रकाश शर्मा

चितवन, पुस। नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीयरुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताएका छन्। नेपाली काँग्रेस, चितवनले सोमबार यहाँ आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको हार भएपनि बिपीको विचारको जित भएको बताए। बिपीको विचारलाई मनन गर्दै कम्युनिष्ट अघि बढ्न थालेको भन्दै उनले अहिलेको हारबाट काँग्रेसका कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताए। बल...

पुरा पढ्नुहोस
ओलीलाई प्रचण्डको प्रस्तावः दुई पदमा एक रोज्न र एक सहर्ष आफूलाई सुम्पन आग्रह

काठमाडौं, पुस । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण अझै अन्योलमै छ । दुबै पार्टीका अध्यक्षले एकीकरण हुने बताउँदै आएका छन् तर दुई पार्टी कहिले एक हुन्छन् भन्ने टुंगो छैन । दुई पार्टीले ६०–४० को मापदण्डमा उम्मेद्वारी बाँडफाँड गरेर चुनावी तालमेल गरे र वहुमत पनि पाए । अब बन्ने सरकारमा दुबै पार्टी संलग्न हुने दुई अध्यक्षको एक स्वर छ । तर पार्टी एकीकरण हुँदा चुनावी तालमेलकै हिस्सामा एमाले ६०...

पुरा पढ्नुहोस