राजनीति

मार्क्सवाद र समाजवाद एमाले–माओवादी एकताको प्रमुख आधारः नारायणकाजी श्रेष्ठ

काठमाडौं,पुस । वाम एकताका सैद्धान्तिक आधार सामाजिक न्याय र सन्तुलित वितरण प्रणाली हुनुपर्नेमा जोड दिइएको छ । नेपाल अध्ययन केन्द्रले आइतबार यहाँ आयोजना गरेको अन्तक्रियामा सहभागी वक्ताले सामाजिक आर्थिक रुपान्तरण नै कम्युनिस्ट मान्यता भएकाले त्यसलाई एकताको आधार बनाउनुपर्ने सुझाइएको हो । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले दुवै दलको पृष्ठभूमि विशिष्ट रहेको बताउँदै आगामी दिनमा एकताको प्रमुख आधार मार्क्सवाद, नेपाल कम्युनिस्ट पार्टी र समाजवाद बनाएर सामाजिक विकासको लक्ष्य प्राप्ति गर्नुपर्नेमा...

पुरा पढ्नुहोस
सरकार गठनमा आलोपालो नहुने – प्रदीप ज्ञवाली

गुल्मी, पुस । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र १ का सांसद प्रदीप ज्ञवालीले सरकार गठनमा आलोपालो नहुने बताएका छन् । आइतबार प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘सरकार गठनपछि मन्त्रीहरुको कार्यशैलीको आधारमा कार्यविभाजनमा परिवर्तन भएपनि सरकार गठनमा आलोपालो कदापी हुँदैन ।’ नेता ज्ञवालीले वर्तमान सरकारले जनादेशको अपमान गरेको बताउँदै मत परिणाम आइसक्दा पनि सरकारले कुर्सी नछोडी रमिता देखाएको आरोप लगाए । एक फरक प्रसंगमा उनले पार्टी एकताप्रति कुनै...

पुरा पढ्नुहोस
सबैलाई मिलाएर देशलाई समुन्नतिको मार्गमा लैजान क्रियाशील – प्रचण्ड

काठमाडौँ, पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएका  छन् । ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गरे। अर्काे प्रसङ्गमा अध्यक्ष दाहालले भने ‘वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत...

पुरा पढ्नुहोस
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर

काठमाडौँ, पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन् । तमू ल्होसारको अवसरमा काठमाडौँमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको प्रस्ट पारे । प्रधानमन्त्री देउवाले लोकतान्त्रिक इतिहास बोकेको काँग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न गरेको सन्दर्भमा काँग्रेसलाई शंका नगर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार...

पुरा पढ्नुहोस
सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने – मिन विश्वकर्मा

काठमाडौं, पुस । वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गरे । उनले भने,‘वाम गठबन्धनका साथीहरुले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ भन्नुभयो, उहाँहरुले बहुमत ल्याएकै दिनदेखि सरकार गठन गरिसक्नुभयो, तर निर्वाचन आयोगले दल दर्ताको लागि १५...

पुरा पढ्नुहोस
निर्वाचनको समीक्षा गर्न राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौँ,  पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौँमा बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्रबाराहीमा आज बसेको केन्द्रीय पदाधिकारी तथा मन्त्रीहरुको संयुक्त बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद् बैठक गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । देशभरबाट १४१ केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकले वैचारिक, सांगठनिक दृष्टिकोणमाथि छलफल गरी भावी कार्यनीति तय गर्ने जनाइएको छ । पुस...

पुरा पढ्नुहोस
केपी शर्मा ओलीभन्दा प्रचण्डको नेतृत्वमा सरकार बनोस् -मनिष सुमन

काठमाडौं, पुस । राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवम् प्रदेश सांसद मनिष सुमनले मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि एमाले-माओवादी केन्द्रबीचको गठबन्धन तत्काल टुट्नुपर्ने बताएका छन् । वाम गठबन्धन बनाउने घोषणा गरेकै दिन मुलुकमा कम्युनिष्ट शासन ल्याउने लक्ष्य सार्वजनिक गरेकोले आफूहरुको चाहना भनेको अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको नेता सुमनले बताए । यद्यपी उनले लोकतन्त्रमा जनमतको सम्मान गर्नुपर्ने भएकोले अहिलेको जनमतलाई आफूहरुले पूर्ण रुपमा सम्मान गर्ने समेत बताए...

पुरा पढ्नुहोस
कांग्रेसलाई राष्ट्रव्यापी रुपमा बलियो बनाउन सही ‘ट्रिटमेन्ट’ जरुरीः विश्वप्रकाश शर्मा

बुटवल, पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कांग्रेसलाई राष्ट्रव्यापी रुपमा बलियो बनाउन सही ‘ट्रिटमेन्ट’ जरुरी भएको  बताएका छन् । आइतबार कांग्रेस बुटवल नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा शर्माले भने, ‘’कांग्रेस घाटमा नपुगेको तर, थला मात्र परेको  छ । कांग्रेसका युवा नेता शर्माले पार्टीको कपालको रौंदेखि खुट्टाको बुढी औंलासम्ममा कमजोरी रहेकोले राष्ट्रव्यापी रूपमा कांग्रेस बदल्न आवश्यक रहेको प्रष्ट पारेका छन । शर्माले पार्टीमा आमूल परिवर्तन जरूरी रहेको भन्दै...

पुरा पढ्नुहोस
एकताका लागि नेतृत्वलाई बल दिनुस् – प्रचण्ड

भैरहवा, पुस । अध्यक्ष प्रचण्ड र चक्रपाणि खनाल “बलदेव”को सम्मानमा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएको विवाद छिटै अन्त्य हुने दाहालले बताए। उनले भने, “बहुमतीय कि एकल संक्रमणीय भन्ने विवाद छलफलबाटै टुङ्गिन्छ। अब देश राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्छ।” “आज पत्रपत्रिकामा माओवादीका समानुपातिक सांसदको लिष्ट आएको रहेछ। तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएको छैन” अध्यक्ष दाहालले भने, “तपाइँहरु त्यसको भ्रममा नपर्नुहोला। निर्वाचन आयोगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर...

पुरा पढ्नुहोस
‘राजनीतिमा हार व्यहोर्नु परेको छैन, दाङलाई राजधानी बनाउने कुरामा विजयी हुनेछुः महरा

दाङ घोराही, पुस । दाङ क्षेत्रनम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आइतबार बिहान मतदाता भेटघाट कार्यक्रम गरेका हुन । मतदाता भेटघाट  कार्यक्रममा माओवादी नेता कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने बताएका छन् । महराले भने, ‘अहिलेसम्म मैले राजनीतिमा हार व्यहोर्नु परेको छैन । यसपटक पनि दाङलाई राजधानी बनाउने कुरामा विजयी हुनेछु । महराले माओवादी र एमालेबीच सम्मानजनक पार्टी एकता हुने पनि बताएका छन् । एकता पछि प्रधानमन्त्री र पार्टी...

पुरा पढ्नुहोस