राजनीति

समाजवादी-राजपाको एकीरकण प्रक्रिया

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीरकण प्रक्रिया भित्रभित्रै धेरै अघि बढेको छ। तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी सबैलाई चकित पारेजस्तै समाजवादी र राजपाबीच जतिसक्दो चाँडो एकीकरण गरी चकित पारेर देखाउन दुवै पार्टीका नेताहरूले औपचारिक–अनौपचारिक वार्ता अघि बढाएका छन्। राजपाका वरिष्ठ उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लले समाजवादी पार्टी र राजपाबीच एकीकरणका लागि औपचारिक–अनौपचारिक वार्ता र छलफल पटकपटक भइरहेको बताउँदै जतिसक्दो चाँडो टुंगो लगाउने तयारी भएको...

पुरा पढ्नुहोस
नेकपामा मिल्यो भागबन्डा

काठमाडौं  । एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्पूर्ण प्रक्रियामा समझदारी जुटाएको छ । दुई अध्यक्षबीच आइतबारयता लगातार भएको छलफलले जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाएको हो। अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलको समेत सहभागितामा एकताका बाँकी काममा समझदारी बनाएका हुन्। एकतालाई पूर्णता भने साउन ५ गते बस्ने सचिवालय बैठकले दिनेछ। अध्यक्षद्वयले यो...

पुरा पढ्नुहोस
‘संसदीय समिति बैठक स्थगित गर’ : कांग्रेस सांसद

काठमाडौं ।  नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसदद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढीपहिरो र डुबानपीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गर्नुभयो। मंगलबार  बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी कांग्रेस सांसद संग्रौलाले बाढी, पहिरो र डुबानपीडितका लागि राहत...

पुरा पढ्नुहोस
कांग्रेसकोे नियमावली २०७६ पारित

काठमाडौं । एक हप्ताअघि केन्द्रीय समितको बैठकमा प्रस्तुत गरिएको नेपाली कांग्रेसकोे नियमावली २०७६ पारित भएको छ। असार २२ गते बसेको केन्द्रीय समिति बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले मस्यौदा प्रस्तुत गरेका थिए। प्रस्तुत मस्यौदाबारे शुक्रबार छलफल भएको थियो। शुक्रबारको बैठकमा बोल्ने क्रम नसिद्धिएकाले आइतबार पुनः बैठक बोलाइएको थियो। आइतबार रातिसम्म्म बसेको बैठकले नियमावली पारित गर्ने निर्णय गरेको हो।- नागरिक दैनिक ...

पुरा पढ्नुहोस
पार्टी संरचना लैजान चाँडो महाधिवेशन गर्नुपर्ने: नेता सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उहाँले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । “लामो समयसम्म सङ्घीयताअनुसार पार्टी संरचना जान नसक्नु दुःखद कुरा हो”, नेता सिंहले भन्नुभयो, “वर्तमान सरकारले केन्द्रमा धेरै अधिकार राखेर प्रदेश र...

पुरा पढ्नुहोस
कांग्रेसमा देउवा पक्षको मनोमानी

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल लम्ब्याउने भएका छन् । पार्टीको १४ औं महाधिवेशन २०७७ सालको फागुनसम्ममा गर्नेगरी उनले एक वर्षको कार्यकाल बढाउन खोजेका हुन् । शनिबार बिहान बसेको देउवा समूहको बैठकले ७७ सालको फागुन सम्ममा महाधिवेशन गर्ने निचोड निकालेको हो । देउवाको फागुन मसान्तबाट चार वर्षको कार्यकाल सकिँदै छ । वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले महाधिवेशन ०७६ फागुन भित्रै नियमित महाधिवेशनको लागि दबाव...

पुरा पढ्नुहोस
चिनियाँ प्रोफेसरको टोलीद्वारा नेकपा नेतासँग छलफल

बुटवल । चिनिया प्रोफेसरको टोलीले शनिबार बुटवलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटीसँग भेट गरी कम्युनिष्ट आन्दोलन र सरकार सञ्चालनका विषयमा छलफल गरेको छ । नेकपा बुटवल उपमहानगर कमिटीले आयोजना गरेको छलफलमा सरकार र पार्टीको अन्तरसम्बन्ध, स्थानीय, प्रदेश र केन्द्रीय कमिटीको सम्बन्ध, दुवै देशले एक अर्काबाट सिक्नुपर्ने विभिन्न विषयहरुका बारेमा छलफल गरिएको थियो । छलफलमा हेवेई युनिभर्सिटीका प्रोफेसर जहाविन, युनान युनिभर्सिटीका प्रोफेसर यूआन कुनलगायत चारजनाको टोली सहभागी थियो । कार्यक्रममा...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्षको पत्नीको भागमा अनुदान भन्ने समाचार निराधार

बुटवल । एक अनलाइनमा असार २४ गते प्रकाशित भएको “किसानले पाउनुपर्ने अनुदान गाउँपालिका अध्यक्षको पत्नीका भागमा“ भन्ने समाचार निराधार भएको रुपन्देहीको ओमसतिया गाउपालिकाका अध्यक्ष हिरा केवटले जानकारी दिएका छन् । कृषक तथा उद्यमीहरूलाई दिइने अनुदान रकम स्थानीय तहले प्रदेशको सिफारिसमा गाउपालिकाबाटै किसानलाई दीने भएकोले यो रकम किसान जो कसैले पाउने उनको भनाइ छ । प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषक तथा उद्यमीलाई व्यवसायको सम्भाव्यताका...

पुरा पढ्नुहोस
पहिलो पल्ट काँग्रेस र राजपा बीच गठबन्धन

काठमाडौं । नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी राजपा बीच गठबन्धन बन्ने भएको छ । साझा मुद्दामा सदनदेखि सडकसम्म एउटै मोर्चा बनाएर संंघर्ष गर्ने भन्दै दुई दलबीच सहमति भएको छ । असार २० गते काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको दुई दलबीचको छलफलले साझा मुद्दा बनाएर सदन र सडकको संघर्ष अगाडि बढाउने सहमति भएको बताइएको छ । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक अनिल झाले साझा मुद्दा र एजेण्डामा मिलेर संघर्ष गर्ने विषयमा काँग्रेससँग...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली हिलो रेड कार्पेट माथि

काठमाडौँ  ।  त्रिभुवन विश्वविद्यालयले आज बुधबार ६० औं वार्षिक उत्सव मनाएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सह कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न रहेको छ । प्रधानमन्त्री ओलीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गर्नुभयो । लगातार हिजोदेखि पानी परिरहेको हुनाले उद्घाटन गर्न जाने ठाउँ हिलै हिलो थियो । त्यही हिलो बाटो माथि रातो कार्पेट ओच्छ्याइएको थियो । प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुग्नुभएको...

पुरा पढ्नुहोस