राजनीति

नेकपाको सचिवालय बैठक आज बस्ने

काठमाडौँ । पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा कुरा नमिल्दा सचिवालय बैठक स्थगित भएको थियो ।...

पुरा पढ्नुहोस
महाधिवेशनको मिति तोक्न दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसमा महाधिवेशनको मिति तोक्न दबाब परेको छ । १४ औं महाधिवेशन आगामी फागुनमा नहुने निष्कर्षमा पुगे पनि कहिलेसम्ममा गर्ने टुंगो लागेको छैन। एउटा समूह अन्तरिम संरचना बनाएर महाधिवेशन कार्यतालिका बनाउनुपर्ने पक्षमा छ। अर्को पक्ष भने सीधै महाधिवेशनमा जानुपर्ने अडानमा छ। केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारदेखि अन्तरिम संरचना र महाधिवेशन कार्यतालिकाबारे छलफल भइरहेको छ। कांग्रेसले गत फागुनमा संघीय संरचनाअनुसारको विधान बनाएको थियो। त्यसअनुरूप पार्टीको संरचना निर्माण हुन सकेको छैन।-...

पुरा पढ्नुहोस
विप्लव समूहका १ नेता पक्राउ

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ । विकले आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने...

पुरा पढ्नुहोस
वडाध्यक्षको जापान भ्रमण रोक्यो

बागलुङ । नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लाग्नुभएका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन् । नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए । “नगरपालिकाको खर्चमा विदेश घुम्न जानु उपयुक्त होइन भन्ने हाम्रो धारणा हो”, उनले भने, “पार्टीले रोकेपछि जापान नजाने हुनुभएको छ ।” नगरपालिकाको खर्चमा नगरप्रमुख ईन्द्रराज पौडेलसहितको टोली जापान...

पुरा पढ्नुहोस
नेकपाको अन्य पार्टीलाई हेर्ने दृष्टिकोण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न पार्टीलाई हेर्ने दृष्टिकोण पार्टीको मूल दस्तावेजमा समावेश गरेको छ । सो पार्टीले अन्य पार्टीहरूको विगत र वर्तमान विश्लेषण गर्दै आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ । पार्टीको मूल दस्तावेज राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिई छपाइकार्य पनि सम्पन्न गरेको छ तर वितरणमा भने ल्याइएको छैन । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले दस्तावेज छाप्ने काम सकिएको छ, अबको एक–दुई सातापछि नेता तथा कार्यकर्ताको हातमा जाने बताउनुभयो ।...

पुरा पढ्नुहोस
नियमावली विवादमा अल्झियो कांग्रेस बैठक

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए। २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदा उपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन। बाढी, पहिरो र डुबानको विपत्तिका कारण स्थगित बैठक बिहीबार पुनः बस्दै छ। नियमावली नबनेसम्म कांग्रेसको नयाँ विधान...

पुरा पढ्नुहोस
जुटेन कांग्रेस नियमावलीमा सहमति

काठमाडौँ । कांग्रेसमा संस्थापन र इतर पक्षबीचको अविश्वासका कारण पार्टीको नियमावलीमा अझै सहमति जुट्न सकेको छैन । पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासनमा बाँध्न नियमावलीमा केही कडा प्रावधान राखिएपछि संस्थापन इतरपक्ष सशंकित छ । पार्टीको नीति र सिद्धान्तमा समेत बहस गर्न नपाइने प्रावधान नियमावलीमा ल्याइएको भन्दै इतरपक्षले विरोध जनाउँदै आएको छ । महाधिवेशनको मुखमा आफ्नो विरोध गर्नेलाई ‘तह लगाउन’ कै लागि यस्तो प्रावधान ल्याइएको संस्थापन इतरपक्षका नेताको टिप्पणी छ । संस्थापन पक्षका नेताले भने पार्टी संगठन हितविपरीतका...

पुरा पढ्नुहोस
तोकियो नेकपाको इन्चार्ज-सहइन्चार्ज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले एकीकरणको पन्ध्र महिनापछि ७७ वटै जिल्लाका इञ्चार्ज/सहइञ्चार्ज र ६ वटा महानगरपालिकाको इञ्चार्जको टुंगो लगाएको छ । आन्तरिक विवादको कारण एकीकरण प्रक्रिया लम्बिदैँ गएपछि एकीकरण हुनुभन्दा पहिलेका जिल्ला इञ्चार्जलाई नै उक्त जिम्मेवारी दिने सहमति भएको थियो । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको उक्त सहमति अनुसार तयार पारिएको इञ्चार्ज र सहइञ्चार्जको सूची आइतवार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो । यस अघि दोहोरो...

पुरा पढ्नुहोस
“कांग्रेसले सरकारको विरोध गर्न जरुरी छैन”

कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले आफनो खाल्डो आफै खनिरहेकोले कांग्रेसले सरकारको विरोध गर्न जरुरी नभएको बताए । “आफ्नै खाल्डोमा आफै पुरिन लागेको सरकारलाई राम राम बाहेक अरु केहि भन्न सकिदैँन”– थापाले भने । नेपाली कांग्रेस कपिलवस्तुले शिवराज नगरपालीका ४ चनईमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै नेता थापाले सरकारले गल्ती गर्दै अगाडी बढेको टिप्पणि गरे । कांग्रेसले प्रतिपक्षमा बसेर सरकारको राम्रो कामलाई सहयोग गर्न तयार...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमुक्ति पार्टी: कञ्चनमा ५ सय हस्ताक्षर संकलन

कञ्चन । राष्ट्रिय जनमुक्ति पार्टीको भ्रष्टचार बिरुद्ध राष्ट्रिय अभियान अन्तर्गतको हस्ताक्षर संकलन कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं. ५ को आयोजनामा शनिबार  कञ्चनको हरैयामा सम्पन्न भएको छ।  राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद उपाध्यक्ष तथा प्रदेश बिभाग प्रमुख कमला थापाले हस्ताक्षर अभियान संकलनको हरैयामा शुभारम्भ गर्दै हिजो पञ्चायती शासन ब्यबस्था देखि नै भ्रष्टचारमा लिप्त भ्रष्ट प्रबृतिका शासक दलहरु बिभिन्न पार्टी र संघसंस्थाको खोल ओढेर गणतान्त्रिक शासन ब्यबस्थामा पनि जनताले तिरेका...

पुरा पढ्नुहोस