राजनीति

स्वतन्त्र राजनीतिक समुहको विस्तारित बैठक काठमाण्डौमा हुने

कपिलवस्तु । पछिल्लो निर्बाचनमा नेकपा संग राजनीतिक गठबंधन गरी निर्बाचनमा भाग लिएको स्वतंत्र समुहको भदौ महिना भित्र काठमाण्डौमा बैठक हुने भएको छ । स्वतंत्र समूहका संयोजक पूर्ब मंत्री एवं सांसद हृदयेश त्रिपाठीले समूहको विस्तारित बैठक समसामयिक राजनीतिक परिस्थिति तथा सरकारको कामकाजको समीक्षाका साथै स्वतंत्र समुहको भावी रणनीति तैयार गर्नेमा केंद्रित रहने बताउनु भएको छ । पछिल्लो समयमा नारायणी पश्चिमका जिल्लाहरूमा मात्र सीमित रहेको स्वतंत्र समूह हाल पूर्बी जिल्लाहरूमा पनि बिस्तार भई...

पुरा पढ्नुहोस
नेकपाका शाखा कमिटी बैठक

तिलोत्तमा । नेपालक म्युनिष्ट पार्टी (नेकपा) ले तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा आन्तरिक गतिविधि तीव्र पारेको छ । यसैक्रममा तिलोत्तमा २ को शाखा कमिटीले सचिवालय निर्माण र सल्लाहकार कमिटी चयन गरेको छ । शाखा कमिटीको बैठकले ९ सदस्यीय सचिवालय निर्माण गरेको हो । जसमा लक्ष्मण प्रसाद ज्ञवाली, भुवन आचार्य, चन्द्रकान्त सापकोटा, खिलबहादुर पौडेल, अम्बिका पन्त, यमबहादुर गौतम, भीमलाल क्षेत्री र इश्वरी भण्डारी रहेका छन् । त्यसैगरी सल्लाहकार कमिटीमा दधिराम गौतम, खिमराज...

पुरा पढ्नुहोस
किन गहिरिँदै छ नेकपामा विवाद ?

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ। आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको वरियताक्रममा उनलाई ल्याइएको छ। खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए। बैठकले नेता नेपालले अघि सारेको एक व्यक्ति एक पदका साथै स्थायी कमिटीका तीन नेतालाई सचिवालयमा ल्याउन गरेको प्रस्ताव...

पुरा पढ्नुहोस
नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय...

पुरा पढ्नुहोस
फेरि सर्यो कांग्रेस केन्द्रिय समिति बैठक

काठमाडौं । बुधवारको लागि डाकिएको कांग्रेस केन्द्रिय समिति बैठक आइतवारसम्म सरेको छ । अन्तरिम संरचना गठन गर्न आवश्यक निर्देशिकाबारे शीर्ष नेताबीच थप छलफल गर्नुपर्ने भएकाले बैठक सारिएको कांग्रेसले जनाएको छ । यही साउन १७ गते बसेको बैठकले १३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिने निर्णय गरेको थियो ।- नेपाल समाचारपत्र ...

पुरा पढ्नुहोस
‘इन्काउन्टर’ गर्ने विप्लव समूहको चेतावनी

कैलाली । नेत्रविक्रम चन्द विप्लव समूहको जनअदालतले नेपाल प्रहरीका एकजना असईलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ। आफ्ना पार्टीका नेताकार्यकर्तामाथि सुराकी गरेको भन्दै नेपाल प्रहरीको सिआइबीमा कार्यरत कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको हो। विप्लव समूहको जनअदालत कैलालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुँवरकै सुराकीको आधारमा विभिन्न नेता, कार्यकर्ताहरुलाई अपहरण शैलीमा गिरफ्तार गरिएको छ। हाम्रो लडाइँ सेना प्रहरीसँग होइन। सुराकी नगर्न आग्रह गर्दछौं। सुराकी कार्य जारी...

पुरा पढ्नुहोस
अन्तरिम संरचना गठन गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मंसिर मसान्ताभित्र पार्टीको अन्तरिम संरचना गठन गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो। अन्तरिम संरचना कुन विधि र प्रक्रियाबाट गठन गर्ने भन्नेमा नेताहरुबीच सहमति भने जुट्न सकेको छैन। यसका लागि २२ गते बस्ने केन्द्रीय समिति बैठकमा निर्देशिका बनाएर पेस गर्ने सहमति भएको छ। अन्तरिम संगठन निर्माण विधि र प्रक्रियासहितको निर्देशिका बनाएर अघि बढ्ने सहमति भएको जानकारी केन्द्रीय सदस्य रामकृष्ण यादवले दिए। पार्टी नेता रामचन्द्र...

पुरा पढ्नुहोस
समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौँ ।  सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको शुक्रबार  भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको हो । समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । गत वैशाख २३ गते समाजवादी पार्टी नेपाल बनेको थियो । समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन् । समाजवादी...

पुरा पढ्नुहोस
नेकपाद्धारा शोकसभा

तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पुराना कार्यकर्ता स्वर्गीय जंगबहादुर थारुको स्मृतीमा बिहीबार शोकसभा सम्पन्न भएको छ । नेकपा तिलोत्तमा–१६ बिहुली गाउँकमिटीको आयोजनामा शोकसभा गरिएको हो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद दधिराम न्यौपानेले पार्टीलाई यो अवस्थासम्म ल्याइपुर्याउन स्वर्गीय गुरुङको योगदान महत्वपूर्ण रहेको बताए । नेकपा बिहुली गाउँकमिटीका अध्यक्ष भीमलाल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य एवं क्षेत्र नम्बर १ का इन्चार्ज गोपाल भट्टराई, तिलोत्तमा नगर...

पुरा पढ्नुहोस
आर्थिक अभियानका नाममा चन्दा संकलन

काठमाडौँ  । नेत्रविक्रम चन्द समूहले ‘विशेष आर्थिक अभियान’ का नाममा मुलुकभर चन्दा संकलन तीव्र पारेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । उद्योगपति, निर्माण व्यवसायी, शैक्षिक संस्था, व्यापारी, कर्मचारी, शिक्षक र स्थानीय तहका जनप्रतिनिधिलाई पत्र पठाएरै चन्द समूहले चन्दा मागेको हो । चन्दा मागिएको पत्र आए पनि कसैले खुलेर विरोध गरेका छैनन् । ‘विरोध गर्दा उल्टै धम्की आउला भन्ने डर छ,’ एक कर्मचारी भने, ‘सकेको सहयोग गर्ने, नसके मेरो हैसियत छैन...

पुरा पढ्नुहोस