पत्रपत्रिका

नेकपामा मिल्यो भागबन्डा

काठमाडौं  । एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्पूर्ण प्रक्रियामा समझदारी जुटाएको छ । दुई अध्यक्षबीच आइतबारयता लगातार भएको छलफलले जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाएको हो। अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलको समेत सहभागितामा एकताका बाँकी काममा समझदारी बनाएका हुन्। एकतालाई पूर्णता भने साउन ५ गते बस्ने सचिवालय बैठकले दिनेछ। अध्यक्षद्वयले यो...

पुरा पढ्नुहोस
विज्ञापन रद्द गर्न लोक सेवालाई दबाब

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजातिले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आयोगले ५ सय २१ स्थानीय तहमा कर्मचारी भर्ना गर्न ९ हजार ४ सय ६१ कर्मचारीको माग गर्दै सो विज्ञापन खुलाइएको हो । आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले आरक्षण बचाऔं आन्दोलन मार्फत सो प्रदर्शन गरेका हुन्...

पुरा पढ्नुहोस
विप्लव छलफलका लागि सकारात्मक वातावरण

काठमाडौं । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए । छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ । ‘यो प्रारम्भिक चरणकै छलफल हो,...

पुरा पढ्नुहोस
राजस्व लक्ष्यमा पनि चुक्यो सरकार

काठमाडौं । चालू आर्थिक वर्षमा पुँजीगत खर्च गर्न नसकेर आलोचना खेप्दै आएको दुईतिहाइको बलियो सरकार राजस्व असुलीमा पनि लक्ष्य भेट्टाउन चुकेको छ। चार वर्षअघिको भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीमा समेत लक्ष्यअनुसार राजस्व असुली भएको थियो। तर अहिलेको बलियो सरकारको राजस्व असुलीको तस्बिर सबैभन्दा कमजोर देखिएको हो। अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा आठ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेका थिए। चालू आव सकिनु तीन दिनअघि...

पुरा पढ्नुहोस
२८ जिल्लामा सरुवा रोगको जोखिम

काठमाडौं । अविरल वर्षाबाट प्रभावित २८ जिल्लामा पिउने पानीको स्रोत दूषित भएका छन्। बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिसँगै सरुवा रोगको जोखिम देखिएको चिकित्सकले बताएका छन्। स्वास्थ्य सेवा विभाग, महामारी व्यवस्थापन शाखा प्रमुख डा. प्रकाश शाहले सरुवा र किटजन्य रोगको जोखिम रहेको बताए। झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, हेपाटाइटिसलगायत सरुवा रोगको जोखिम रहेको उनले बताए। तराईका जिल्लामा लामखुट्टेका कारण औलो, डेंगी, कालाजार, चिकनगुनियालगायत कीटजन्य रोगको उच्च जोखिम रहेको छ। डुबानमा रहेका बस्तीमा दूषित पानीले सरुवा रोगको...

पुरा पढ्नुहोस
साढे १५ अर्बको पेट्रोलियम आयात

बाँके । चालू आर्थिक वर्षको ११ महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट करिव साढे १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ को जेठसम्म पेट्रोल, डिजल र एलपी ग्यास गरी कुल १५ अर्ब ६६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । कार्यालयले सो अवधिमा पेट्रोलियम पदार्थ आयात गरेवापत ४ अर्ब ६८ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालगन्ज नाका हुँदै आउने सामग्रीमा सबैभन्दा बढी राजस्व...

पुरा पढ्नुहोस
उद्धार कार्य सकियो-अब राहतमा केन्द्रित

काठमाडौँ । मध्य र तराई क्षेत्रमा बाढी, पहिरो र डुबानबाट पीडित बनेकाको उद्धार कार्य सोमबार सकिएको छ । उद्धार सकेलगत्तै राहत वितरणका प्रक्रियामा केन्द्र, प्रदेश र स्थानीय सरकार प्रवेश गरेका छन् । गृह मन्त्रालयका अनुसार उद्धारपछि सोमबार घर फर्कन मिल्ने फर्किन थालेका छन् । घरमा अझै बस्न नसकिने अवस्थाका विपद् पीडितलाई स्थानीय सरकारले शिविरमा राखेर संरक्षण गरिरहेको छ । “तत्काल उद्धारको काम सम्पूर्ण रूपमा सकिएको छ”, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भन्नुभयो,...

पुरा पढ्नुहोस
गैंडालाई आहाल बस्ने पोखरी

चितवन  । धमाधम गैंडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले तिनलाई जोगाउने नयाँ उपाय अपनाएको छ– पोखरी बनाउने । गैंडालाई आहाल असाध्यै मन पर्छ । त्यसका लागि एउटै आहालमा धेरै गैंडा जम्मा हुन्छन् । त्यहाँ जुध्ने खतरा बढी हुन्छ । कतिपय अवस्थामा जुध्दाजुध्दै गैंडाको मृत्युसमेत हुन्छ । त्यही समस्या निराकरणका लागि निकुञ्जले ठाउँ-ठाउँमा पोखरी खनेको हो । यसका लागि यस वर्ष मात्र १ करोड ३६ लाख ५० हजार रुपैयाँ खर्चिएको छ । त्यसबाट ७१ वटा पोखरी बनेका छन् । ‘जुधेर गैंडा...

पुरा पढ्नुहोस
विश्व बैंकले नेपाललाई ११ अर्ब ऋण दिने

काठमाडौँ । विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय व्यवस्थापनका लागि ११ अर्ब रुपैयाँभन्दा बढी ऋण सहायता प्रदान गर्ने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका नेपाल प्रतिनिधि फारिस एच हडाडजेरभोसबीच संघीयता व्यवस्थापन हुने गरी आवश्यक नीति बनाउन ११ अर्ब (१ सय मिलियन डलर) ऋण सहायता उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा सार्वजनिक क्षेत्रको वित्तीय संघीयताको व्यवस्थापनका लागि सो अनुदान सहायता खर्च गरिने उल्लेख...

पुरा पढ्नुहोस
कांग्रेसकोे नियमावली २०७६ पारित

काठमाडौं । एक हप्ताअघि केन्द्रीय समितको बैठकमा प्रस्तुत गरिएको नेपाली कांग्रेसकोे नियमावली २०७६ पारित भएको छ। असार २२ गते बसेको केन्द्रीय समिति बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले मस्यौदा प्रस्तुत गरेका थिए। प्रस्तुत मस्यौदाबारे शुक्रबार छलफल भएको थियो। शुक्रबारको बैठकमा बोल्ने क्रम नसिद्धिएकाले आइतबार पुनः बैठक बोलाइएको थियो। आइतबार रातिसम्म्म बसेको बैठकले नियमावली पारित गर्ने निर्णय गरेको हो।- नागरिक दैनिक ...

पुरा पढ्नुहोस