समाचार

बालबालिकालाई रकम प्रदान

कावासोती । नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई पूर्व नवलपरासीको कावासोती नगरपालिकाले  बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ । नगरप्रमुख चन्द्रकुमारी पुनका अनुसार बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको बताए । हिजो (शुक्रबार ) १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको छ । नगरपालिकाभित्र अभिभावक विहीन ८८ बालबालिका रहेको तथ्याङ्क छ । “विस्तारै अन्य असहाय बालबालिकालाई रकम वितरण...

पुरा पढ्नुहोस
खरको छानोरहित गाउँपालिका बनाइँदै

बेझाड । पाल्पाको बगनासकाली गाउँपालिका भित्रका खरका छाना भएका सबै घरमा जस्तापाता लगाउने काम सम्पन्न गर्ने योजना रहेको छ । अबको चार महीनाभित्र बगनासकाली गाउँपालिकालाई खरको छानोरहित गाउँपालिका बनाइँदैछ । गाउँपालिकाका २४२ खरका छाना भएका घर जस्तापाताले छाउने काम अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षमा १०६ घरमा जस्तापाता हाल्न गाउँपालिकाले रु ३९ लाख विनियोजन गरेको छ । आव २०७५/७६ मा रु २५ लाखको लागतमा ८३ धरमा तथा आव...

पुरा पढ्नुहोस
सबै वडामा ल्याब सेवा सुरु

पाल्पा । रम्भा गाउँपालिकाका सबै वडामा रोग निदानका लागि प्रयोगशाला (ल्याब) सेवा सुरु गरिएको छ । सेवा लिन सदरमुकाम तानसेन र बुटवल जानुपर्ने बाध्यता हटेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार दुई वर्षदेखिको स्वास्थ्यको क्षेत्रमा सुरुवात गरेको अभियानले अहिले सार्थकता पाएको छ । ‘हामीले ग्रामीण भेगका नागरिकलाई रगत जँचाएर मात्र औषधि खाने व्यवस्था गर्ने सोच पूरा गरेका छौं,’ उनले भने, ‘यसबाट धेरैले फाइदा पाउनेछन् ।’सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सुरु भएको अध्यक्ष भण्डारीले...

पुरा पढ्नुहोस
हिंसा न्यूनीकरणका लागि कचहरी नाटक

बाँके । पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि  बाँकेका ग्रामीण बस्तीमा हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । कचहरी नाटकले स्थानीयस्तरमा प्रभावकारी भूमिका खेलेको पाइएको छ । महिला र बालबालिका हिंसा अन्त्यका लागि कचहरी नाटक ‘अति भो’ विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको अभियानकर्मी कृष्ण गिरीले बताईन् । राप्ति सोनारी र डुडुवा गाउँपालिकाका १८ स्थानमा कचहरी नाटक प्रदर्शन भइसकेको छ । “सात वडाका ३०...

पुरा पढ्नुहोस
बढ्यो व्यक्तिगत प्यान लिनेको संख्या

बाँके । आन्तरिक राजस्व कार्यालय बाँकेमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या निकै बढेको छ । सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीले साउन १ गतेदेखि स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने अनिवार्य व्यवस्था लागू भएसँगै कार्यालयमा सेवाग्राहीको भीड लागेका हो । कार्यालयका अनुसार बिहीबारसम्म करिव ११ हजार जनाले व्यक्तिगत प्यान लिएका छन । एकमहिना नपुग्दै प्यान लिन आउनेको यो संख्या हालसम्मकै सबैभन्दा बढी भएको कार्यालयले जनाएको छ । यो खबर कारोबार...

पुरा पढ्नुहोस
आगलागी हुँदा झण्डै ६५ लाखको क्षति

दाङ । जिल्लाको लमहीमा रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ६५ लाखको क्षति भएको छ । लमही नगरपालिका वडा नम्बर ५ मा रहेको विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ६५ लाखको क्षति भएको हो । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा आगो लाग्दा निभाउन कठिन भएकोले क्षति बढी भएको हो । आगो लमही नगरपालिकाको दमकल, पानी ट्यांकर, स्थानीय बासिन्दा, प्रहरीको सक्रियतमा निभाइएको थियो । विद्युत सर्ट हुँदा आगो सल्किएको हुन...

पुरा पढ्नुहोस
पहिरो पीडितलाई रोटरीको सहयोग

बुटवल । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई अस्थायी आवासमा बसोबास गर्ने पीडित परिवारको स्वास्थ अवस्था, खाना तथा खानेपानीको विषयमा गम्भीर बन्न स्थानीय प्रशासन र स्थानीय तहलाई निर्देशन दिएका छन् । शुक्रबार रोटरी क्लब अफ बुटवलले पहिरो प्रभावित परिवारलाई उपलब्ध गराएको राहत सामग्री वितरण गर्दै यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले पहिरो पीडितलाई रोटरी क्लबले गरेको सहयोगले निकै ठूलो न्याय भएकाले अन्य संस्थाले पनि ध्यान दिन आग्रह गरेका...

पुरा पढ्नुहोस
रोट्रर्याक क्लव वुद्धभुमीद्धारा रक्तदान

कपिलवस्तु । रोट्रर्याक क्लब अफ वुद्धभुमी कपिलवस्तुद्धारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वुद्धभुमी नगरपालिका ९ इमिलिया हाटबजारमा सम्पन्न उक्त कार्यक्रममा ७३ पोईन्ट रगत संकलन भएको छ । कार्यक्रममा वुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले थारै रगतको अभाबले कसैको ज्यान जोखीममा हुने भएकोले रक्तदान कार्यक्रम गरी सामाजिक काम गरेको बताए । प्रमुख श्रेष्ठले क्लबले विगतमा पनि विभिन्न सामाजिक क्षेत्रमा कामहरु गरेको भन्दै प्रशंसा गरे । युवाहरुलाई एकजुट गराई सामाजिक कार्यमा सहभागी...

पुरा पढ्नुहोस
रोल्पामा सम्बन्धविच्छेदका मुद्दा बढे

रोल्पा  ।  नयाँ कानुनी व्यवस्थाअनुसार श्रीमानले पनि अदालतमार्फत सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न सक्ने प्रावधानपछि सम्बन्धविच्छेद  गर्नेको संख्या बढेको छ ।अघिल्लो आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये आधाभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा भएको रोल्पाजिल्ला अदालतले जनाएको छ । आर्थिक वर्ष ०७५र७६ मा दर्ता भएका ३ सय ९८ मुद्दामध्ये २ सय १६ वटा मुद्दा सम्बन्धविच्छेदका थिए । ‘सबै मुद्दामध्ये करिब ५४ दशमलव २७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका थिए,’ जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले भने, ‘मुद्दा फैसला पनि छिटो गर्दै...

पुरा पढ्नुहोस
राप्ती प्रादेशिक अस्पतालले सेवा विस्तार गर्दै

तुलसीपुर । दाङ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले पछिल्लो समय सेवा विस्तार गर्दै गएको छ । कुनै समय सामान्य बिरामीलाई पनि अन्यन्त्र सिफारिश गर्नुपर्ने अवस्था थियो, तर पछिल्लो समय त्यो अवस्था हटेर गएको छ । मृगौला प्रत्यारोपण अगाडि गर्नुपर्ने हेमो डायलासिस सेवाका लागि पाँच मेसिन थप गरिएको छ । त्यसले मिर्गौलाका बिरामीलाई थप सहज बनाएको छ । त्यस्तै गएको आर्थिक वर्षदेखि तुलसीपुरमा सिकलसेल ऐनिमियासमेत परीक्षण हुन थालेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेण्ट...

पुरा पढ्नुहोस