समाचार

सल्यानमा पुल नहुँदा खोलाले गाडी बगायो

प्रेम सुनार बुटवल । नेपालगण्जबाट जाजरकोटका लागि छुटेको हाईस गाडी सल्यानको बन्गाडा खोलाले बगाएको छ । बग्दै गरेको उक्त गाडी ढुङ्गामा गएर अड्किए पछि यात्रुहरु हाम फालेर बाँच्न सफल भएका छन । उनिहरुका सर–समान भने हराएको छ । प्रहरीले तत्तकालै डोजरको साहयताले खोलामा फसेको गाडि निकालिएको थियो । उक्त खोलामा निर्माणधिन पक्कीपुल यस अघि नै खोलाले बगाई सकेको छ । लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु जाजरकोट सडक खण्डमा...

पुरा पढ्नुहोस
इनरव्हील क्लव अफ बुटवलद्धारा वृक्षारोपण

बुटवल । इनरव्हील क्लव अफ बुटवलले बुटवलको सडक डिभाईडरको सुन्दरताका लागि ट्राफिक चोक उत्तरको सडक डिभाईडरमा वृक्षारोपण गरेको छ । डिभाईडर सुख्खा र नराम्रो देखिदै गएको भन्दै इनरव्हील क्लव अफ बुटवलले डिभाईडरमा फुलका बिरुवा रोपेको हो । इनरव्हील क्लव अफ बुटवलका अध्यक्ष मुना जोसिको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष बसुन्धरा कसजुले सडक निर्माणसँगै वृक्षारोपण गरेर सडक हरियाली बनाउनु पर्नेमा त्यसो नगरिदा सडक बिचमा राखिएको डिभाईडरको सुन्दरता हराउदै गएकाले वृक्षारोपणले...

पुरा पढ्नुहोस
खबरदारीका लागि स्थानिय सरोकार समिति गठन

हरिश ढकाल बुटवल । वडास्तरमा हुने बिकास निर्माण, निति निर्माण, योजना तर्जुमा लगाएतका गतिबिधीमा चासो राख्ने र खबरदारी गर्ने उद्देश्यले बुटवल २ मा स्थानिय सरोकार समिति गठन गरिएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं पर्यटकिय महत्वका स्थलहरुले भरिपुर्ण रहेको बुटवलको वडा नम्बर २ मा (साविक ४) सम्पन्न स्थानियको जनसमुदायको भेलाले टिकाराम शर्माको अध्यक्षतामा वडा बिकास सरोकार समितिको गठन गरेको हो । समितिको उपाध्यक्षमा जुद्ध बहादुर केसी, सचिवमा प्रमिला मरासिनी, सहसचिवमा...

पुरा पढ्नुहोस
गाउँपालिकाको सेवा प्रवाहबारे अन्तक्रिया कार्यक्रम

जगिलाल थापा कञ्चन । कञ्चन गाउँपालिका वार्ड नं. ४ को आयोजनामा अनलाइन पञ्जिकरण,सामाजिक सुरक्षा उदघाटन तथा अन्तरक्रिया कार्यक्रम कञ्चन गाउँपालिका वार्ड नं. ४ को सभाहलमा सम्पन्न भएको छ। अनलाइन पञ्जीकरण र सामाजिक सुरक्षाको उदघाटन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष गोमा तरामु मगरले कञ्चन गाउँपालिकाले गर्ने हरेक बिकासका कार्यहरुमा नागरिकहरु संगै सहकार्य गर्ने र सो कार्यमा गाउँपालिकालाइ साथ दिन आग्रह गर्दै जनताले अनुभब गर्न सक्ने गरि गाउँपालिकाले कार्ययोजनाहरु बनाएको र समाज परिवर्तनको...

पुरा पढ्नुहोस
बालविवाह अन्त्यका लागि ‘राखी पे मेरा प्रतिज्ञा’ कार्यक्रम

जगिलाल थापा कञ्चन । गैडहवा गाउँपालिका वार्ड नं. १ र साथी संजाल, गैडहवाको आयोजना र सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन र स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा साताब्यापी राखी पे मेरा प्रतिज्ञा कार्यक्रम अन्तर्गत साडी माध्यमिक बिधालय,गैडहवा वार्ड नं.१ मा सम्पन्न भएको छ । छोरीलाइ शिक्षा प्रदान गर्न र बाल विवाहको अन्त्यको लागि बिगत ३ बर्ष देखि ‘राखी पे मेरा प्रतिज्ञा’ कार्यक्रम निरन्तर संचालन हुदै आइरहेको छ। गैडहवा गाउँपालिका वार्ड नं. १ का वडा...

पुरा पढ्नुहोस
राममणि क्याम्पसमा अभिमुखीकरण प्रशिक्षण

मणिग्राम । सेमीनारका लागि अनुसन्धान पत्र लेखन तथा प्रस्तुति सम्बन्धी अभिमुखीकरण प्रशिक्षण रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आज (शुक्रबार) सम्पन्न भएको छ । राममणि बहुमुखी क्याम्पसका प्राध्यापकहरूका लागि सञ्चालित प्रशिक्षणको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष गुरूदत्त ज्ञवालीले अनुसन्धानको क्षेत्रमा समेत क्याम्पसको ख्याति ऊँचो बनाउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले क्याम्पसलाई सर्वपक्षीय रूपमा प्रभावशाली बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सो अवसरमा प्रशिक्षण दिँदै...

पुरा पढ्नुहोस
सल्यानको बनगाड खोलामा बाढी आएपछि

बाँके । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो । सबै यात्रु छिटो–छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । तत्कालै डोजरको सहायताले खोलामा फसेको गाडी निकालिएको थियो । उक्त खोलामा...

पुरा पढ्नुहोस
बेपत्ता बालक फेला

 नवलपरासी । पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन्। घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको सिसवामा फेला परेको बालकका बुवाका साथी बृजराज कुशुहवाले जानकारी दिए। बालक हराएकोबारे फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रचार–प्रसार भएका कारण बालक फेला परेको पारिवारिक स्रोतले...

पुरा पढ्नुहोस
देशैभर अदालतमा पुरुषहरुको भिडः एकै दिन एउटै अदालतमा ५ मुद्धा

प्रेम सुनार बुटवल । श्रीमति न घर आउने, न त सम्वन्ध विच्छेदको मुद्धा दिन अदालत जाने । प्रहरीमा उजुरी दियो कि मेलमिलाप गरेर घर जाने तर एक डेढ महिना नपुग्दै बिना घर सल्लाह शहर तिर गएर हराउने । यस्तो समस्याबाट गत चार वर्ष देखि पिडित बनेका गुल्मी बडागाउँका २८ वर्षिय अर्जुन सर्तुङ्ग बिहिवार जिल्ला अदालत गुल्मीमा सम्वन्ध विच्छेदको मुद्धा दायर गर्न आई पुगेका छन । उनि सहित एउटै अदालत गुल्मीमा एकै...

पुरा पढ्नुहोस
ऐन कार्यान्वयन गर्न रोजगारदाताहरूलाई आग्रह

बुटवल  । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश संगठन कमिटी प्रदेश नम्बर पाँचले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न रोजगारदाताहरूलाई आग्रह गरेको छ । यि दुवै ऐन सरकारले साउन १ गतेदेखि लागू गरे पनि रोजगारदाताहरू कार्यान्वयनमा ल्याउन आनाकानी गरेको भन्दै तत्काल कार्यान्वयन गर्न आग्रह गरेको हो । उक्त ऐनले मजदुरको मासिक तलब मजदुरका मासिक तलब ९ हजार ७ सयबाट बढाएर १३ हजार ४ सय ५० कायम गरेको छ...

पुरा पढ्नुहोस