समाचार

तिलोत्तमा जेसिजद्धारा सरसफाई सामग्रही हस्तान्त्रण

तिलोत्तमा । तिलोत्तमा जेसिजले आज शिवचोक टोल बिकास संस्था तिलोत्तमा १ लाई सरसफाई सामग्री प्रदान गरेको छ । तिलोत्तमा १ शिवचोकमा कार्यक्रमको आयोजना गरि डस्टबिन, झाडु, पञ्जा, हसिया लगायतका सामग्री टोल बिकास संस्थाका अध्यक्ष भेषराज गैरेलाई सरसफाई सामग्री हस्तान्त्रण गरिएको हो । सामुदायिक रेडियो प्रसारक संघका निवर्तमान अध्यक्ष एवं रेडियो लुम्बिनीका अध्यक्ष मोहन चापागाईको प्रमुख आतिथ्य तिलोत्तमा जेसिजका अध्यक्ष ईश्वर पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यस अवसरमा बोल्दै प्रमुख...

पुरा पढ्नुहोस
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)  को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ३ बजे बोर्ड बैठक डाकेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ३ बजे बोर्ड बैठक बस्ने र त्यसपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । ‘एसईई परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी हामीले गरेका...

पुरा पढ्नुहोस
खुसी जनता–समृद्ध तुलसीपुर

दाङ  । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले ‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’ भन्ने नारालाई प्राथमिकतामा राखेर तेस्रो नगरसभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । यसपटक नीति तथा कार्यक्रममा सडक, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । उपमहानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको प्रवद्र्धनका लागि शीतभण्डार निर्माणदेखि एनिमल एम्बुलेन्ससम्मको विषयलाई प्राथमिकता दिइएको छ । त्यसैगरी केन्द्र र प्रदेश सरकारको नीतिलाई...

पुरा पढ्नुहोस
समृद्ध बुटवल, सुखी बुटवलबासीको संकल्प

बुटवल । बुटवल उप–महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरको शुक्रबार सुरु तेस्रो सुन्दर बुटवल, समृद्ध बुटवल र सुखी बुटवलबासीको संकल्प गर्दै नगर प्रमुख शिवराज सुवेदीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । शुक्रबारको नगर सभामा प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा उहाँले जनतालाई साथमा लिएर विधि र प्रकृया पूरा...

पुरा पढ्नुहोस
बुटवल उपमहागरको आधुनिक कार्यालय भवन बन्ने

बुटवल । बुटवल उप–महानगरपालिका कार्यालयलाई स्थानीय सरकारको आधुनिक भवनका रुपमा निर्माण गरिने भएको छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले एक समारोहका बीच शुक्रबार उक्त कार्यालय भवनको शिलन्यास गर्नुभएको छ । त्यसक्रममा उहाँले बुटवलको बुद्धकालिन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताउनुभयो । आधुनिक भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्दै उहाँले निर्माण कार्यहरुमा नागरिकहरुको पनि निगरानी र खबरदारी जरुरी रहेको बताउनु भयो ।...

पुरा पढ्नुहोस
पाल्पामा उत्कृष्ट कृषक पुरस्कृत

पाल्पा । निस्दी गाउँपालिकाका तीन जना कृषकलाई उत्कृष्ट कृषक पुरस्कृत गरिएको छ । गाउँपालिकाभित्रका तीन जना उत्कृष्ट व्यावसायिक कृषक निस्दी गाउँपालिका कृषि शाखाद्धारा बिहीबार सम्मानित भएका हुन् । पुरस्कृत हुने कृषकमा निस्दी–२ सहलकोटका यमबहादुर मश्राङ्गी, निस्दी–५ गल्धाका शेरबहादुर सोती र निस्दी–७ ज्यामिरेका नरवीर दर्लामी रहनुभएको छ । पुरस्कृत हुने कृषकलाई गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले नगद रु पाँच/पाँच हजारसहित दोसल्ला र कदरपत्रले सम्मान गर्नुभयो । कार्यक्रममा अध्यक्ष सारुले गाउँपालिकाको विकासको आधार कृषि...

पुरा पढ्नुहोस
बस दुर्घटना: नौ घाइते सातको अवस्था गम्भीर

रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो । सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा,...

पुरा पढ्नुहोस
रोगी माटोले औषधी–उपचार पाउने

प्रेम सुनार गुल्मी । बुधवार धुर्कोट गाउँपालिकाले सार्वजानिक गरेको नीति तथा कार्यक्रम भित्रका एका दुई अंश यति बेला देशैभर चर्चाको विषय बनेको छ । निर्जिव माटोलाई परिक्षण गर्ने र रोगी पाईए उपचार गरी उत्पादन बृद्धि गर्ने गाउँपालिका प्रमुख भुपाल पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख उक्त विषयले केहि बेर सोचमग्न पार्यो । अहिले सम्म सजिव मान्छेले समेत आर्थिक अभावका कारण उपचार पाउन नसकेर अकालमा मृत्यु भोग्न परिरहेको बेला धुर्कोट गाउँपालिकाले...

पुरा पढ्नुहोस
धुर्कोटमा गाउँसभा सुरु- अब पशुलाई समेत सुत्केरी भत्ता

प्रेम सुनार गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको तेश्रो गाउँ सभा आज देखि सुरु भएको छ । गाउँ सभाको उद्घाटन गर्दै गाउँपालिका प्रमुख भुपाल पोखरेलले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सभामा पेश गरेका छन् । उनले पेश गरेको नीति तथा कार्यक्रमले आधुनिक र ब्यावसायीक कृषि, पशुपालनमा बढि जोड दिईएको छ । किसान परिचय पत्र लागु गर्दै हरेक किसानको उत्पादनका आधारमा अनुदान र प्रोत्साहन भत्ता समेत दिईने र जिल्लामै पहिलो पटक...

पुरा पढ्नुहोस
नगर प्रमुख ज्यू ! श्री ५ को अनुभुति गरे जनताले

बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे बेला बेला चर्चामा आई रहनु भएको छ । कहिले स्थानीय निकायको कानुन निर्माणका विषयमा कहिले कानुन कार्यन्यनको विषयमा उहाँ चर्चामै हुनु हुन्छ । बुधबार पनि उहाँ एकाएक चर्चामा आउनु भयो तिलोत्तमा नगरपालिकाको तेश्रो नगर सभामा प्रवेश गर्दै गर्दा खिचिएका तस्वीर सामाजिक संजालमा आएपछि उहाँ ठुलो चर्चामा आउनु भयो । धेरै ले आलोचना गरे श्री ३ महाराजको संज्ञा दिए त कसैले...

पुरा पढ्नुहोस