समाचार

दीप रेडक्रस सर्कलद्वारा सहयोग रकम हस्तान्तरण

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलले ब्लड क्यान्सर पीडित तथा विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग रकम हस्तान्तरण गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा शिक्षक, विद्यार्थीहरू र विद्यालयबाट सङ्कलित रु. १ लाख विद्यालयकी ब्लड क्यान्सर पीडित विद्यार्थी सिजल गैरेका हजुरबुबा बालकृष्ण गौरेलाई आज एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयले विगतमा पनि बाढी पहिरो, भूकम्प पीडित लगायत...

पुरा पढ्नुहोस
कानुङ बचत तथा ऋण सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान

बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लि. बुटवलले आफ्नो १० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीले आज मंगलबार बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ । सहकारीका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष जंग बहादुर श्रीस, लेखा संयोजक खिम श्रीस, सल्लाहाकर एवं अधिवक्ता मदन पुन, ठाकुर राना, केशरसिङ गाहा, हरिदेव थापा, इन्द्रा गुरुङ्ग, हेम बहादुर बुढाथोकी...

पुरा पढ्नुहोस
सबै क्षेत्रको सुझावलाई समेटेर बजेट ल्याउन सुझाव

बुटवल । प्रदेश नम्बर ५ सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट तयारी गरिरहेका बेला बिभिन्न क्षेत्रबाट सुझाब आउँन थालेको छ । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने सांसदहरूले सरकारलाई सबै पक्षसँग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाएका छन् । पहिलो बजेट भएकाले जग नै बलियो बनाउनुपर्ने उनीहरुको सुझाव छ । प्रदेश सरकारलाई करिब १५ अर्ब ४२ करोडको बजेट सिलिङ केन्द्रले दिएको छ...

पुरा पढ्नुहोस
जिउने आधार बन्यो वृद्धभत्ता

पाल्पा । एउटा सानो खरले छाएको झुपडी छ, त्यो पनि धुवाँले रंगिएको कालोभित्ता भएको झुपडीको एक कुनामा सिंजापती दम्पतीको बसोबास छ । गाउँमा सिंजापती साँहिलाका नामले चिनिने खड्गबहादुर र उनकी श्रीमती सरुमा सिंजापती उमेरले डाँडापारिको घाम बुझेकी छिन् । उनका सन्तान कोही छैनन्, कमाएर दिने आफन्त पनि कोही छैनन् । सिंजापती दम्पतीका लागि एउटा जीवन जिउने आधार बनेको छ, सामाजिक सुरक्षा भत्ताबापतको वृद्धभत्ता । वृद्धभत्ता बुझेपछि त्यसैबाट साँझ बिहानको हातमुख जोर्ने,...

पुरा पढ्नुहोस
दुलहादुलही विवाह मण्डपबाटै पक्राउ

रुकुम । जिल्लाको मुसिकोट नगरपालिकामा आज बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् । बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुलहादुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । मुसिकोट नगरपालिका–१० का १७ वर्षीय बालक र नगरपालिका–९ की १६ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । प्रहरीले दुलहादुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ ।...

पुरा पढ्नुहोस
पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने

दाङ । विश्वकै सबैभन्दा अग्लो त्रिशूल रहेको धारपानीको पाण्डवेश्वरी मन्दिर र त्यसभन्दा करीब दुई किलोमिटर अग्लो डाँडामा रहेको सुनकोटमा रहेको षड्केश्वरी मन्दिरलाई सिँढीले जोडिने भएको छ । त्यसका लागि षड्केश्वरी मन्दिरको पुनःनिर्माण र त्यहाँं सहजरुपमा पुग्नका लागि सिँढी निर्माण कार्यको थालनी भएको छ । पृथक पौराणिक महत्वका दुवै मन्दिर सिँढीले जोडिएपछि त्यहाँको धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने धारपानी पाण्डवेश्वरी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । घोराही उपमहानगरपालिका–५ धर्नाको सुनकोटमा षड्केश्वरी भगवतीको...

पुरा पढ्नुहोस
फलामजन्य वस्तुको मुल्यबृद्धि रोक्न माग

बुटवल । निर्माण सामग्रीका रुपमा प्रयोग हुने फलामजन्य कच्चा पदार्थहरुमा अवैज्ञानिक ढंगले भइरहेको मूल्यबृद्धि रोक्न ग्रील तथा स्टिल व्यवसायीले माग गरेका छन् । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले प्रदेश सरकारका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र स्थानीय सरकार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई छुट्टाछुट्टै भेटेर मुल्यबृद्धि फिर्ता गराउन माग गरेको हो । कुनै आधार र कारणबिनै मनोमानी ढंगले गरिएको मुल्यबृद्धिले ग्रील व्यवसायी र उपभोक्ता दुबै मर्कामा परेको व्यवसायीको गुनासो...

पुरा पढ्नुहोस
जसले ९१ बर्षको उमेरमा पहिलो पटक नागरिकता लिईन्

-प्रेम सुनार गुल्मी । दुरदराज गाउँको कुरा होईन सदरमुकाम तम्घास संग जोडिएको गाउँकी एक बृद्धले ९१ बर्षको उमेरमा पहिलो पटक सदरमुकामा पाईला टेकेकी छन । त्यो पनि उनले पहिलो पटक नागरिकता बनाउनका लागि सदरमुकाम तम्घामा पाईला टेकेकी हुन् । ति हुन मुसिकोट नगरपालिका वडा नम्वर ४ , साविकको वडागाउँ गाविस वडा नम्वर १ तल्लो दजाकोटकी ९१ वर्षिया बृद्धा चन्द्रदेवि पुन । पुनको जन्म विक्रम सम्वत १९८४.०२.१ गते रहेको छ । उक्त...

पुरा पढ्नुहोस
रेसुङ्गा विमानस्थलमा जेठ पहिलो साता परिक्षण उडान

गुल्मी । गुल्मीमा रेसुङ्गा विमान स्थलमा आउने जेठ पहिलो साता परिक्षण उडान हुने भएको छ । गएको दशैमा नै धुले उडान गर्ने भनिए पनि विविध कारणले समस्या परेको थियो । विमानस्थल निमार्ण समिती अध्यक्ष मधुकृष्ण पन्तका अनुसार परिक्षण उडानका लागि सबै तयारी पुरा भएको छ । अझै केहि सामान्य प्राविधिक काम भैरहेकाले जेठ पहिलो साता भित्रमै रेसुङ्गा विमानस्थलमा जहाज आउने पन्त बताए । जिल्लाको सदरमुकाम तम्घास नजिकै सिमीचौरमा एक दशक...

पुरा पढ्नुहोस
‘जितगढी किल्ला’ सडक नाटक आज समापन

बुटवल। बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ । बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र संवद्र्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो । तत्कालीन सरकारले भारतीय पेन्सन क्याम्पका नाममा जितगढी किल्लामा जग्गा दिने निर्णय गलत भएकाले जनचेतना जगाउन सडक नाटक प्रस्तुत गरिएको अभियानका जिल्ला संयोजक सन्तबहादुर...

पुरा पढ्नुहोस