समाचार

राप्ती नदीमा बगेर वृद्ध बेपत्ता

दाङ । राप्ती नदीमा बगेर एक वृद्ध बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका वडा नं. ९ तरुले निवासी ८२ वर्षीय झुपलाल नेपाली राप्ती नदीमा बगेर बेपत्ता भएका हुन्। कोलताराबाट आफ्नो घर तरुलेतर्फ आउने क्रममा शनिबार दिउँसो २ बजेतिर नेपाली राप्ती नदीमा खसेका थिए। बेपत्ता नेपालीको खोजी कार्य जारी रहे पनि  फेला पर्न नसकेको प्रहरीले जनाएको छ । ...

पुरा पढ्नुहोस
ठेकेदारको लाइसेन्स खारेज हुन्छ : मुख्यमन्त्री पोखरेल

दाङ । प्रदेश.न. ५ सरकारले समयमै काम सम्पन्न गर्न नसक्ने निर्माण व्यवसायीको लाइसेन्स खारेज गर्ने कानुन बनाउने भएको छ । गृह जिल्ला दाङ आएका मुख्यमन्त्री पोखरेलले बबई गाउँपालिकाको सभा हल उद्घाटनमा बोल्दै   एउटै निर्माण व्यवसायीले धेरै ठाउँमा ठेक्का लिएर विकास निर्माणका काम अस्तव्यस्त पारेको भन्दै त्यसलाई नियमन गर्न प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले समयमै काम सम्पन्न गर्न नसक्ने ठेकेदारको लाइसेन्स खारेज गर्ने कानुन...

पुरा पढ्नुहोस
जंगली जनावरको आतंक

पाल्पा  । गाउँघरमा जंगली जनावरले आतंक मच्चाएका छन् । किसानको मुख्य बाली मकै भित्र्याउने सिजन सुरु भएको छ । तर किसानहरुलाई बाँदर, दुम्सी, बँदेल, हरिण, मृगबाट अन्नबाली जोगाउनै मुस्किल परेको किसानको गुनासो छ ।  रैनादेवी छहरा–४, काफलबुटाका डिलबहादुर खत्रीले भने, ‘वर्षदिन खाने अन्न जंगली जनावरले समाप्तै पारेको छ ।’ ‘मकैले घोघा लगाउन थालेपछि नै खाइदिन थालेको छ,’ बारीमा लगाएको मकैबाहेक आलु, सिमी, बोडीलगायतका बाली दिउँसोमा बाँदरले र रातिमा बँदेलले नोक्सानीपुर्‍याएको उनले बताए । वर्षभरि खाने...

पुरा पढ्नुहोस
चार वटा पसलमा  चोरी

कावासोती । नवलपुरको कावासोती विपि चोक स्थित चार वटा पसलमा  चोरी भएको छ । गएराती  विपि चोक र थाना चोकको बिच भागमा पर्ने स्थानमा चारवटा पसलको ताला फोडिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभएको छ । विपि चोक स्थित किस्मत परियारको किस्मत मोबाईल, विष्णु प्रसाद अधिकारीको अधिकारी किराना पसल,  विजय रोक्काको नेपाल सु हाउस र सिता खनालको सिता फेन्सी पसलको सटरको ताला फोडिएका थिए। पसलहरुको ताल फोडी...

पुरा पढ्नुहोस
जनप्रतिनिधि र कर्मचारीको विदेश मोह

काठमाडौं । जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ। तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन्। भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन। सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ। सरकारले विदेश यात्रालाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन ‘विदेश भ्रमण सम्बन्धी निर्देशिका’ जारी गरेको छ। तर कर्मचारी र जनप्रतिनिधिले त्यसको अवज्ञा गरेका छन्। अधिकांश भ्रमण व्यवस्थापन एनजीओ रआईएनजीओले गर्छन्।...

पुरा पढ्नुहोस
व्यवस्थित गरिँदै बागेश्वरी मन्दिर

नेपालगञ्ज । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई सुविधा सम्पन्न तथा व्यवस्थित गर्न लागिएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीका अनुसार प्रदेश सरकार र विभिन्न धर्मावलम्बीको सहयोगमा मन्दिर परिसरमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तल्लामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्न लागेको  हो । यसका लागि अव्यवस्थितरुपमा रहेको मन्दिर क्षेत्रको बाहिरी १७ वटा पसल सटरलाई भत्काएर नयाँ बनाउन लागिएको छ । नेपालगञ्जको मध्यभागमा रहेको यो मन्दिर आऊजाऊ गर्ने दुई...

पुरा पढ्नुहोस
नेपाल घुम्न बेइजिङबाट चिनियाँलाई निम्ता

बेइजिङ। अग्ला तीनवटा पोलमा लहरै फहराइएका नेपालका राष्ट्रिय झण्डा। लुम्बिनीमा मायादेवीसहित सिद्धार्थ गौतम बुद्धको आकृति कुँदिएको चित्र। रातो इँटामा चिटिक्क परेको घरको बीचबाट आकाशतिर उठेको स्वयंभूको स्तुप। वरिपरि फहराइरहेका लुङ्दर अनि भित्रबाट सुमधुर आवाजमा आइरहेको नेपाली संगीतको पाश्र्व ध्वनि। भवनभित्र छिर्दा ढोकाको सामुन्ने बुद्धको मूर्ति। मूर्तिको वरिपरि नेपाली जडीबुटी र फलफूलका नमुना। यो दृश्य बेइजिङस्थित बागवानी प्रदर्शनी केन्द्रमा रहेको लुम्बिनी शान्ति बगैंचाको हो। बगैंचामा पुग्दा एकैचोटि नेपाल पुगेको अनुभूति हुन्छ। बेइजिङमा...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ । दाङको देउखुरीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही नगरपालिका–९ रिहारमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । घोराहीबाट नेपालगञ्ज जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकललाई रिहारमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना ६ ख ३४०३ नम्वरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाईलमा सवार दुई जना घाईते भएका थिए । घाइते मध्य नेपालगञ्ज उपमहानगरपालिका ४...

पुरा पढ्नुहोस
प्यूठानमा नगर प्रहरी अभ्यास सुरु

प्यूठान । प्यूठान जिल्लामा पहिलो नगर प्रहरी अभ्यास सरुमारानी गाउँपालिकाबाट सुरु भएको छ । पालिकाले यहि भाद्रबाट नगर प्रहरी परिचालन गर्न लागेको हो । प्यूठानकै पहिलो स्थानीय तहको रुपमा गाँउपालिकाले स्थानीय तहको एकल अधिकारको रुपमा नगर प्रहरीको व्यवस्था कार्यान्वयन गर्दैछ पालिकाले नगर प्रहरी पद सेवा करारमा ५ जनाको लागि विज्ञापन आह्वान गरेको थियो । शारीरिक तन्दुरुस्ती परिक्षण, लिखित परिक्षा र अन्तरवार्ताको आधारमा ४ जनालाई छनौट गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत...

पुरा पढ्नुहोस
एउटा रोचक चोरी काण्ड पछि दर्दनाक कथा

गुल्मी । गुल्मीका केहि दिन अघि एउटा अनौठो प्रकारको चोरी घटना घटेको थियो । सम्पन्न परिवारको घरमा चोरी गर्न बसेका एक युवा त्यस घर भित्रको ब्राण्डेट मदिरा पिएर टिल परे पछि चोर्न पसको अरु साथी भागे उनी भाग्नै भुलेर मस्त पिउँदै बसेर प्रहरीबाट सजिलै छोपिए त्यो खबर अनलाईनमा भाइरल बने पछि पत्रकार प्रेम सुनारले आफुले चलाउने कार्यक्रम ओझेलका खवरमा भिडियोमा रिर्पोट बनाएका छन । त्यस्तै सोही घरको सकरात्मक रिर्पोट पनि त्यसै संग...

पुरा पढ्नुहोस